एनआरएनए अध्यक्षमा डा. बद्री केसी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एनआरएनए अध्यक्षमा डा. बद्री केसी विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

    राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन  गरेकी थिइन् । 

    अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरुले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् । नयाँ नेतृत्व चयनका लागि बिहीबार बुधबार मध्यरातिदेखि बिहीबार मध्यरातीसम्म विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिहरुले अनलाइनमार्फत भोटिङ गरेका थिए भने काठमाडौम भेला भएका एनआरएनएहरुले सोल्टीबाटै बिहीबार दिनभर भोटिङ गरेका थिए । निर्वाचनमा तीन जनै उम्मेदवार प्यानलसहित खडा भएका थिए ।