गाजामा मारिनेको संख्या ५ हजार नाघ्यो, मारिनेमा २ हजार ५५ बालबालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    गाजामा मारिनेको संख्या ५ हजार नाघ्यो, मारिनेमा २ हजार ५५ बालबालिका

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८०, सोमबार

    गाजा । प्यालेस्टिनी अधिकारीहरूले गाजामा हिजो बिहानदेखि जारी इजरायली बमबारीमा अहिलेसम्म ४३० जनाको ज्यान गएको बताएका छन्।

    गाजामा अक्टोबर ७ देखि मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ । जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९ महिला र २ सय १७ वृद्ध रहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले १५ हजारभन्दा बढी घाइते भएको बताएका छन् ।

    इजरायलले हिजो दिनरात आफ्नो मिसाइल आक्रमण र बमबारी जारी राख्यो। धेरै तस्बिरहरूमा भवनहरूको भग्नावशेष र घाइतेहरु अस्पतालबाहिर सडकमै लडिरहेको देखिएका छन् ।

    सोमबार बिहान इजरायली सेनाले पछिल्लो २४ घण्टामा ३२० लक्ष्यमा आक्रमण गरेको बताएको थियो । इजरायली सेनाका अनुसार यी आधारहरू मध्ये एउटामा सुरुङ पनि थियो, जसमा हमास लडाकुहरू बसिरहेका थिए।