घॉसीकुवा दुर्घटना अपडेट : दुर्घटनामा घाइते दुई जनाको मृत्यु (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घॉसीकुवा दुर्घटना अपडेट : दुर्घटनामा घाइते दुई जनाको मृत्यु (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८०, बुधबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खस्दा घाइते भएका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ बस्ने ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    घाइतेमध्ये राइको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका–८ बस्ने २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङबरक–६ बस्ने २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ बस्ने ४२ वर्षीय राम प्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई, ४५ वर्षीय टिकाराज राइको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये धनकुटा सागुरीगढी–९ बस्ने ३८ वर्षीय सन्तोष कुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ बस्ने ४१ वर्षीय भोजराज सुनार, धनकुटा सागुरीगढी–८ बस्ने ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तिर्थ बहादुर राई, ५० वर्षीय लक्षु राई, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव–६ बस्ने २५ वर्षीय शम्भु यादब, बस चालक प्युठान सरुमहारानी–५ बस्ने २३ वर्षीय होम लाल पल्ली मगर, धनकुटा सागुरी–७ बस्ने ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

    त्यस्तै धनकुटा साबरी–७ बस्ने ३० वर्षीय हमाल प्रसाद राई, सोही ठाँका २९ वर्षीय संदिप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा सागुरीगढी–७ बस्ने ४५ वर्षीय सबिन राई, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय बिजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरी महादेव–६ बस्ने २३ को विवजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वषीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे–७ बस्ने २४ वर्षीय सांसद लिम्बु, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमारा राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

    सप्तरी महादेव–६ बस्ने १५ वर्षीया प्रिती यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।