डेङ्गु भाइरस ! भानु नगरपालिकालाई खतराको घण्टी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    डेङ्गु भाइरस ! भानु नगरपालिकालाई खतराको घण्टी

    शङ्कर अधिकारी

    १६ मंसिर २०८०, शनिबार

    बर्षाको समयमा पानी जम्ने स्थानमा लामखुट्टेले फुल पार्छ, अनि त्यही फुलबाट बिकसित लार्भा हुँदै बयस्क लामखुट्टे निस्कन्छ। यसरी निस्कने लामखुट्टेमा Aedes aegypti प्रजातिको लामखुट्टे डेङ्गु भाईरसको लागि महत्वपुर्ण छ।
    कारण यसले कुनै डेङ्गु संक्रमित बिरामिलाई टोकेर स्वस्थ्य मानिसलाई टोकेमा डेङ्गु भाईरस स्वस्थ्य मानिसमा पनि संक्रमण हुन्छ।
    १. के हो त डेङ्गु ?
    यो एक RNA Virus हो, जुन Flaviviradae समूह अन्तरगत  पर्दछ। डेङ्गु एडिज एजेप्टाई नामको पोथि लामखुट्टेले टोकेर सर्ने एक प्रकारको रोग हो । यसले संक्रमित ब्यक्तिलाई टोकेर स्वाथ्य ब्यक्तिलाई टोकेमा यो रोग लाग्ने गर्दछ। इतिहासमा हेर्दा सन १६३५ तिर Martinique भन्ने टापुमा र सन १६९९ मा पनामा  भन्ने ठाउँमा यसको प्रकोप भएको भन्ने पाईन्छ।
    डेङ्गु भाईरसका सेरोटाईपहरु DENV1, DENV2, DENV3 र DENV 4 गरि चार प्रकारका छन। 15 JULY 2023 मा स्वास्थ्य मन्त्रालय अन्तरगतको सरुवा रोग नियन्त्रण महाशाखा द्वारा प्रकाशित  तथ्याङ्कमा हेर्दा नेपालमा DENV 1 र DENV 3 बढी देखिएको छ भने DENV 4 त्यति देखिएको छैन।
    २. नेपाल र भानु नगरपालिकाको तथाङ्क अनुसार डेङ्गुको अवस्था कस्तो छ?
    अब्यबस्थित बसोबास, तिब्र जनसंख्या बृद्दी तथा Global Warming आदि कारण विस्वब्यापी रुपमा डेङ्गुको प्रकोप फैलिँदो  पाइएको छ। यसले मानव स्वास्थ्यमा थप चुनौती खडा गरिदिएको छ। नेपालमा पनि स्वास्थ्य मन्त्रालय द्वारा 15 July 2023 मा प्रकाशित तथ्याङ्क अनुसार २९३० केश देखिएको छ तथापी यसको संख्या बढ्दो क्रममा छ, किनकी कतिपय जनता स्वास्थ्य परिक्षणको पहुँचमा अझै छैनन। जसले गर्दा यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन।
    भानु नगरपालिकाको एक मात्र अस्पताल पुरन्डिही अस्पतालको तथ्याङ्क अनुसार डेङ्गुका लक्षण भएका बिरामी आएका र तिनिहरुमा परिक्षण गर्दा निम्न्न नतिजा प्राप्त भएको जानकारी भएको छ।
    भाद्र – ३ केश मा लक्षण देखिएको तर परिक्षणमा डेङ्गु नदेखिएको,
    असोज – ७७ जना डेङ्गुको लक्षण देखिएका बिरामिको परिक्षण गर्दा २१ जना पोजेटिभ देखिएको,
    कार्तिक – १२ जनामा लक्षण देखिएको तर रिपोर्ट पोजेटिभ नदेखिएको ।
    हस्पिटलबाट प्राप्त जानकारी अनुसार भानु – ४,५,६,७ बाट केश देखिएको र दमौली तिर बाट आएको भनेर १२ र १३ बाट पनि केश देखिएको पाईएको छ।
    बर्षातको समयमा फैलने डेङ्गु असोज कार्तिकमा पनि देखिनु चिन्ताको बिषय हो, भानु १२ को एक डेङ्गु केश जसको ट्राभल ईतिहास चित्लान्ङ, हेटौँडा हुँदै आएको पाईन्छ जुन कार्तिक मङ्सिरमा डेङ्गु पोजेटिभ देखिएको छ। उक्त केशको अध्ययन गर्दा डेङ्गु लामखुट्टेको टोकाईको केही दिन मै लक्षण देखा पर्छ भने उक्त केशको हकमा डेङ्गु ट्राभलबाट आयो या भानु १२ मै संक्रमित भयो भन्ने चासोको बिषय देखिन्छ। भानु १२ स्वस्थ्य चौकी प्रमुख सँग समन्वय गर्दा भानु १२ मा पनि डेङ्गुका लक्षण देखिएका बिरामी आउने गरेका र हामी सँग कीट नभएकोले त्यसको पुष्टि नभएको जानकारी प्राप्त भएको छ।
    ३. डेङ्गुका लक्षण के कस्ता देखिन्छन ?
    डेङ्गु लागेको बिरामिमा ज्वरो आएको हुन्छ। झट्ट सामान्य लागे पनि लगभग 104°F सम्म ज्वरो आएको पाईन्छ।
    – ज्वरो आउनु,
    – जिउ दुख्नु, मांशपेशी गलेको महसुस हुनु,
    – आँखा दुख्नु,
    – टाउको दुख्नु,
    – जोर्निहरु दुख्नु,
    – वाकवाकी लाग्नु,
    – शरीर कमजोर हुनु,
    – शरिरमा धब्बाहरु देखा पर्नु,
    रगत परिक्षण गर्दा Platelets को मात्रा घट्दै गएको पाइन्छ। जसले गर्दा कतिपय बिरामिहरुलाई Internal Bleeding को जोखिम पनि हुन सक्छ। यदि कुनै बिरामिलाई श्वास फेर्न गार्यो हुने, दिशामा रगत देखिने आदि जस्ता लक्षण देखिएमा तुरुन्त नजिककैको स्वाथ्य संस्थामा थप उपचारको लागि लैजानु पर्छ।
    ४. डेङ्गु रोग लागि सकेपछी पछि सम्म यसको प्रभाब कस्तो रहन्छ?
    डेङ्गु रोग लागेर निको भै सके पछि पनि यसमा निम्न प्रभाब देखिन्छ –
    – शरीर गलेको हुन्छ र विरामिले आफुलाई कमजोर महसुस गरेको हुन्छ,
    – जोर्निहरु दुख्नुका साथै माशंपेशिहरुको पनि दुखाई रहन्छ,
    – टाउको दुखिरहन सक्छ,
    – विरामिको शरिरमा केही हर्मोनल परिवर्तन हुने हुनाले मुड परिवर्तन भै रहन सक्छ,
    – बृद्द ब्यक्तिमा डेङ्गु लागेमा दम तथा मधुमेह रोग पनि देखा पर्ने सम्भावना उत्तिकै रहन्छ।
    ५. डेङ्गुको उपचार के छ त ?
    वास्तवमा हालसम्म डेङ्गु विरुद्दको कुनै खोपको बिकास भै सकेको छैन, जसले गर्दा यो मानव स्वास्थ्यको लागि जोखिम नै मानिन्छ।  यसको उपचार गर्दा विरामिमा देखिएका लक्षणका आधारमा गरिन्छ। झोलिलो खानेकुरा खानु र आराम गर्नु नै यसको लागि उपचार मानिन्छ। ज्वरो आएको बेलामा कम गर्नको लागि सिटामोल प्रयोग गरिन्छ । तर ब्रुफिन जस्ता औषधिले रगत पातलो बनाउने भएकोले उक्त औषधि सेवन गर्नु हुँदैन। रगतमा Plateletes को मात्रा कम भै रहेको अवस्थामा रक्त श्राब गराउने प्रबल सम्भावना रहन्छ।
    ६. एक पटक डेङ्गु भै सकेको ब्यक्तिलाई पुन डेङ्गु हुने र त्यसको प्रभाव कस्तो रहन्छ ?
    एक ब्यक्तिलाई एक पटक डेङ्गु हुनु भनेको कुनै एक सेरोटाईप को कारणले भएको हुँदा शरिरले त्यसको लागि मात्र आफ्नो प्रतिरक्षा प्रणाली मजबुत बनाउने हो तर उक्त ब्यक्तिलाई अन्य सेरोटाईपबाट पनि संक्रमण हुने सम्भावना प्रबल हुन्छ, जुन पहिलाको संक्रमण भन्दा खतरा नै हुन्छ।
    ७. डेङ्गु बाट बच्न के गर्ने त?
    डेङ्गु मुलत लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकोले लामखुट्टेको रोकथामनै यसको महत्वपुर्ण उपाय हो।
    – पानी जमेका खाडल, टायर आदिमा रहेको सफा पानीमा यसले फुल पार्ने भएकोले त्यस्ता पानी जमेको स्थान नस्ट गरिदिने,
    – उक्त लामखुट्टे दिउँसोको समयमा बढी सकृय हुने भएकोले बाहिर बस्दा या काम गर्दा शरीर पूरा ढाकिने गरि लुगा लगाउने,
    – लामखुट्टे भगाउने Repelent प्रयोग गर्ने,
    – सुत्दा झुलको प्रयोग गर्ने,
    – प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने,
    ८. भानु नगरपालिकालाई सुझाब
    विभिन्न ट्राभल ईतिहास भएर होस या भानु नगरपालिका भित्रै संक्रमित भएर होस, हामिकहाँ डेङ्गु भाइरसको संक्रमण देखिएको पुरनडिही हस्पिटलबाट प्राप्त तथ्याङ्कबाट पुष्टि हुन्छ। साथै हालै भानु १२ को केश अध्ययन गर्दा पनि भानु नगरपालिकाको तल्लो भेगमा मात्र होइन माथिल्लो भेगमा पनि सक्रमण हुन सक्ने देखिन्छ। अहिले क्रमिक रुपमा चिसो बढिरहेता पनि लामखुट्टे फाट्टफुट्ट देखिनुले पनि बर्षाको समयमा अझ महामारी हुन तर्फ संकेत गरेको पाइन्छ। तसर्थ हालै देखिएको डेङ्गुको केशलाई समेत हेर्दा भानु नगरपालिका स्वास्थ्य शाखा, सम्बन्धित वडा कार्यलयहरुलाई निम्न सुझाब दिन चाहन्छु।
    – बर्षातको समय सुरु हुनु पहिले नै प्रत्येक विद्यालयका प्रत्येक बालबालिकालाई  डेङ्गु र यसको  नियन्त्रण सम्बन्धमा सचेतना कार्यक्रम प्रस्तुत गरौँ,बालबालिकाले समाजमा सहज सन्देश लैजाने भएकोले यो प्रभाबकारी हुन सक्छ।
    – विभिन्न वडामा टोलहरु छन,त्यी टोलहरुको माध्यमबाट गाउँ गाउँमा सचेतना कार्यक्रम संचालन गरौँ,
    – हरेक स्वाथ्य चौकिमा आवस्यक तालिम दिएर  कम्तिमा डेङ्गु परिक्षण कीट राखौँ,
    – भानु भित्र जहाँ पनि डेङ्गुको कारण बिरामिलाई गार्यो पर्न सक्छ त्यसैले डेङ्गु सेक्सनको रुपमा हामी सँग भएको अस्पतालमा आवस्यक अक्सिजन र उपकरण सहित तयारी गरौँ ।
    अहिले हामी सँग केश कम देखिएको हुन सक्छ, अध्ययन गर्दा यसका लक्षण भएका बिरामी माथिल्लो भेगमा पनि देखिन थालेका छन। बिश्वमा आएको जलबायु परिवर्तनको असर स्वरुप तराई भेगमा मात्र देखिएको केश गाउँमा पनि देखिनु सोचनिय नै छ, अहिलेको केशलाई अध्ययन गर्दा पनि हामी तयारी हुनु पर्ने देखिन्छ, प्रारम्भिक अध्यनलाई हेर्दा पनि आगामी दिनको लागि अहिलेको तथ्याङ्क भानु नगरपालिकाको लागि खतराको घण्टी बन्न नसक्ला भन्न सकिन्न।

    लेखक Public Health Microbiologist हुन्