काठमाडाै । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन पुस २३ गते हुने भएको छ ।
आयोगले आइतवार एक विज्ञप्ति प्रकाशित गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका २० जना सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।