वि.सं. २०१९ साल माग १२ गते का दिन जन्मनु भएका श्रीराम कुँवर गगनसिंह कुंवर र बालकुमारी कुँवरको नाती र उपेन्द्रबहादुर कुँवर र मानकुमारी कुँवरको पुत्ररत्न कुंवरको पुत्ररत्न हुनुहुन्थ्यो । उहाँ लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं ९ बाङ्ग्रेमा जन्मनु भइ हाल व्यास नगरपालिका वडा नं. २ अमरपुरीमा बसोबास गर्दै आउनु भएको छ । उहाँको परिवारमा श्रीमती विन्दु कुँवर, छोरा सितलबिक्रम कुँवर , छोरीहरुमा मिलन कुवंर र सिमाना कुँवर रहेका छन् ।
वि.सं. २०३९ असार १५ गतेका दिन सिपाही पदबाट नेपाली सेनामा प्रवेश गरेका कुँवर वि.सं. २०५६ मार्ग १ गते अवकाश लिनु भएको हो । नेपाली सेनामा बहाल रहँदैमा शान्ति सेनामा इजरायल, लेबनान, जोर्डन, युनाइटेड किङडम ग्रेटब्रिटेन , नर्वे स्कटलैण्ड, फिनल्याण्ड, स्पेन, हङकङ, चीन भारत लगायतका मुलकहरुमा जाने सुअवसर प्राप्त गर्नु भएको थियो । सैनिक सेवाबाट अवकाश प्राप्त गरे पछि पनि उहाँ नेपाल सशस्त्र प्रहरी ब्एँ गणमा प्रशिक्षकको रुपमा ३ वर्षसम्म सेवा गर्नु भएको थियो । सामाजिक अभियान्ताका रुपमा परिचित श्रीराम कुँवर बैरेनी एकीकरण जग्गा विकास आयोजनाको अध्यक्ष, बैरेनी लिफ्ट सिञ्चाई योजनाको सल्लाहाकार, विगत ११८ वर्ष देखि टोल विकास संस्थाका अध्यक्ष बाल ज्योति इङ्गलिश बोर्डिङ स्कुलका वरिष्ट शिक्षक एवं गाउँ नगर साझेदारी विकास संस्थाका अध्यक्ष पदमा हाल कार्यरत रहँदै आउनु भएको छ ।
लमजुङ जिल्लाको तुर्लुङकोट, खजेगाउँ बर्धनडाँडा,मकैस्वाँरा तान्द्राङ, नास्के, नेटा, ठूलोस्वाँरा, कुन्छा भाँगु राम्चे, भदौरे, चन्नीगाउँ ,गैरीगाउँ कानेस्वाँराका दुरा, गुरुङ बाहेक क्षत्री र बाहुनका बच्चाहरु ठाडोभाका लोकगीत गाउनमा सिपालु नै पाइन्छन् । महर्षि वेदब्यास रचित महाभारत अनुसार अर्जुन—पुत्र अभिमन्युले आमाको गर्भमा छंदै चक्रब्युह तोड्न सक्ने विद्या प्रप्त गेका थिए रे । त्यसै गरी यहाँका हरेक बालबच्चाहरु पनि आमाको गर्भदेखि लोकगीत गाउनमा माहिर हुन्छन भन्ने जनविश्वास रहेको छ । देउबहादुर दुरा र मैरानी दुराको चरिचरन रहेको दुराडाँडा र बाङ्ग्रे ठाडोभाका लोकगीतको मुहानी नै हो भनिन्छ । थानसिङ बाङ्ग्रे र खलकछापका कुुँवर र शाही खानदानको थलो हो । तिनै राजा वीरभूपाल र वीरनारायणहरुले बोकी ल्याएको राजराजेश्वरीको शिला यहींको खलकछापमा स्थापना गरी राजराजेश्वरी मन्दिर बनाइएको छ । यिनै देवीको पूजाआजाबाट कुँवर र शाहीहरु पूण्यशाली र प्रभावशाली हुँदै आएका छन् । दक्षिण मोहोडा परेको लमजुङको खलकछाप र वाङ्ग्र्रे स्वर्गको टुक्रा जस्तै छ । बाङ्ग्रे जङ्गबहादुर कुँवर राणाको जन्मस्थाल पनि हो ।बाङ्ग्रेबाट काठमाण्डौ पुगे पछि जङ्गबहादुर कुंवर राजाको हुकुम प्रमाङ्गीबाट राणा बनेका हुन । त्यही वंशका रत्न हुन् श्रीराम कुँवर । शाही नेपाली सेनाको जागिरे भएकै कारण ठाडोभाका लोकगीत गायन क्षेत्रका चारधाम भनेर चिनिने कर्पुटार बाहेक पुतलीबजार, मिर्लुङकोट र शिःसाघाटलाई तनहुँ जिल्लामा पर्दछन् । आखिरमा श्रीरामजी चारधामको तीर्थयात्रा गर्न भ्याई नसकेको जानकारी हुन आयो । २०२८ साल पूर्व लमजुङकै सदरमुकाम रहेको कुन्छाभञ्ज्याङ लमजुङकै प्रमुख व्यापरिक केन्द्र पनि थियो । कुन्छाभञ्ज्याङ नै दमौली र बेसीशहर जाने एक केन्द्र थियो । पृथ्वीराजमार्ग मुग्लिन दमौली हुँदै पोखरा पुग्नु र तार्कुघाट आइपुगेको मध्य पहाडी राजमार्ग साविकको हरलाकी मार्ग नभई बाकस्वाँरा दुइपिपल हुँदै पोखरा पुगेको छ । फागुनको महिनामा जङ्गलका रुख विरुवाहरुका पातहरु पनि झरेर उराठ लाग्ने बेलामा यहाँका चराचुरुङ्गीहरुले गीत गाएर मनोरञ्जन दिन्छन् भन्ने मान्यता रहेको छ ।
कर्पुटार देखि पुतलीबजार सम्मको बिंडो थामेको कुन्छाको ठूलोढुङ्गामा लाग्ने जात्राले लमजुङ्े ठाडोभाका लोकगीतको प्रतिनिधित्व गर्दथ्यो । यही कुन्छाभञ्ज्याङको ठूलोढुङ्गामा गीतगाएर पारंगत भएका श्रीरामजी कुँवर गीत गाउने सिलसिलामा उनी कर्पुटार र मिर्लुङकोटको पोखरीछाप पुगेका छन् । जागिरे श्रीरामले पुतलीबजार र शिःसाघाटको फागुपूर्णिमा र ठूलोएकादशीमा लाग्ने हाटमेलामा भने पुग्न सकेका रहेछन् । जे होस देउबहादुर दुरा भेडीखर्के साइलाको बिंडो धान्न नसकेता पनि ठाडोभाका लोकगीत उकेरो लगाउने कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । श्रीरामजी मध्यनेपाल नगरपालिकामा अवस्थित कर्पुटारको इशानेश्वर महादेव मन्दिर परिशरमा वि.सं.२०७५ सालमा लाग्ने शिवरात्रीको मेलाभर्न साथीहरुका साथ पुगेका थिए । ठाडोभाका गीत बिनाको कर्पुटारको बजार सून्य जस्तै थियो । गिताङ्गी मैयाँहरुको कमी नभएता पनि गिताङ्गेको अभाव खट्किएको थियो । श्रीराम कुँवर खालमा बसे । ठाडोभाका लोकदोहोरी गीतले सुसेली मा¥यो । उन्ले ठूलोस्वाँराको फूपु उपनामले परिचित महिलासङ्ग करिव ३ घण्टा ठाडोभाका लोकगीत गाएका थिए । बिस्तारै धम्पु दुरा, मञ्जु बि.क. राधा भण्डारी यमबहादुर दुराहरु आइपुगे । गीतको नयाँ खाल बस्यो । धम्पुको गीत सुन्न सबै आतुर भएकाले श्रीरामहरुले खालको बिट मारे । मिर्लुङको पोखरीछापमा गएर पनि ठाडोभाका गीत गाएर यस्को मलजल गरे । यसै गरी उहाँले गाउँघरमा लगाइने सत्यनारायणको पूजामा धेरैजना सङ्ग लोकदोहोरी गीत गाउनु भएको छ । यस्का अतिरिक्ति मिर्लुङ पोखरीछापमा लाग्ने चैतेदशैं मेलामा ठाडोभाका लोकदोहोरी गीतमा गाउनमा उहाँले आफ्नो सहभागिता जनाएका थिए ।
श्रीराम ठाडोभाका गीत मात्र होइन वैदिकभजन र लोकभजन गाउन पनि माहिर छन् । श्रीरामले भजन गाए पछि सबै भक्तालुहरु स्वर मिसाउँथे । सबै मिलेर भजनलाई रौनकता दिन्थे । नाच्नेहरुको लाइन नै लाग्दथ्यो । उहाँको भजन सुनेर कर्पुटारको बजारमा उपस्थित भक्तहरु भुम्मिएर सुन्दथे । सत्यनारायणको पूजामा भजन गाउनकै लागि भनेर चारैतिरबाट निम्ता आउने गर्दथ्यो । देउबहादुर दुरा , पञ्चसुब्बा गुरुङ , मनिराम दुरा , मैरानी दुरा , भेंडिखर्के साइंला, डा. देवीबहादुर गुरुङ , बुद्धिमान दुरा धम्पु, यम बहादुर दुरा र राधाभण्डारीका फ्यान कुँवर आफु पनि विवाह, व्रतवन्ध , उत्सव, महोत्सव र श्रीमद्सप्ताह ज्ञानमहायज्ञमा आयोजना हुने स्थानमा भजन र ठाडोभाका गीतहरु गाउँछन् र अरुलाई पनि गीत गाउन सिकाउँछन् । उमेरले नेटो काट्दै गए पछि गायन क्षेत्रलाई विश्राम दिएर कुवंरजी अहिले समाजसेवामा आफुलाई समर्पित गरेका छन् ।