ठाडोभाका लोकगीत अध्ययन : अनुसन्धानका अध्येता मुक्तिनाथ घिमिरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    ठाडोभाका लोकगीत अध्ययन : अनुसन्धानका अध्येता मुक्तिनाथ घिमिरे

    देव बस्न्यात

    २७ मंसिर २०८०, बिहीबार

    साहित्यकार मुक्तिनाथ घिमिरेको जन्मथलो साविक जिताकोट गाउँ विकास समितिको हाल मध्यनेपाल नगरपालिका वडा नं.१ जिता लमजुङमा पर्दछ । उहाँ वि.सं. २००९ सालमा लमजुङको जितामा जन्मनु मुक्तिजी हाल चितवन जिल्ला भरतपुर महानगरपालिकाका परिसरमा बसोबास गर्दै आउनु भएको छ । उहाँ अग्निधर घिमिरे र कौशल्या घिमिरेका छोरा हुनुहुन्छ । उहाँको परिवारमा श्रीमती रामकुमारी घिमिरे ,छोराहरुमा कमलराज घिमिरे र विमलराज घिमिरे एवं छोरीहरुमा शुष्मा घिमिरे (अधिकारी), सिर्जना घिमिरे (वाग्ले) र आरती घिमिरे (तिमिल्सिना) रहेका छन् । (श्रेत — निज घिमिरे सङ्गको म्यासेन्जर छलफलबाट )

    उहाँले कुन्छा स्थित श्री शान्ति उच्च माध्यामिक विद्यालय लमजुङबाट एसएल.सी पास गर्नु भएको हो । सोही विद्यालयको प्रधानाध्यापक भएर लामो समयसम्म उहाँले कामकाज गर्नु भएको थियो । अहिले जागिरबाट स्वेच्छिक अवकाश लिएका घिमिरेले आफुलाई घरव्यवहारका साथ—साथै समाजसेवामा पनि व्यस्त बनाउनु भएको छ । विशेष गरेर कविता लेखन, राष्ट्रिय तथा मातृभाषा अध्ययन अनुसन्धान, परम्परागत नेपाली इतिहाँस अन्वेषण, संस्कृति , पुरातात्विक संँरचनाहरुको संरक्षण सम्वर्धन र नेपाली लोकगीतका विषयमा अध्ययन—अनुसन्धानका साथै गायन क्षेत्रमा उहाँको रुचि रहेको देखिन्छ । त्रिभुवन विश्व विद्यालयमा नेपाली विषयमा अध्ययनरत रहँदा घिमिरेज्यूले स्नात्तकोत्तर तहमा दुराजाति र दुराभाषा विषयमा शोधपत्र समेत तयार गर्नु भएको थियो । दुराभाषालाई संरक्षण र पूर्नजीवन दिनका लागि दुरा सेवा समाजले दुराभाषा सिकाइ कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको पाइन्छ । मृतप्राय दुराभाषालाई पुर्नजीवन दिन घिमिरेज्यू मरीमेट्नु भएको पाउँदछौं । दुरासमाज,दुराभाषा र दुरा संस्कृतिका विषयमा गहन अध्ययन गर्नु भएका घिमिरेले “दुरा जातिको चिनारी” नामक लेख नै लेख्नु भएको छ । दुराभाषाका विज्ञ मुक्तिनाथ घिमिरेज्यू र डा. तारामणि राइबाट दुराहरुको परम्परागत रीतिरिवाज , संस्कृति, चालचलन, दुराभाषाको व्याकरण, दुराहरुको पेवा ठहरिने ठाडोभाका गीतलाई मलजल गर्न र उनीहरुको इतिहास लेखनमा दिलचस्पी देखाई यस्लाई मूर्तरुप दिने काम गर्नु भएको छ । सोममाया दुरा दुराभाषाको अस्ताउँदो सूर्य मानिएता पनि गैर दुरा समुदायका भाषा आयोगका भाषाविज्ञ मुक्तिनाथ घिमिरे दुराभाषा र ठाडोभाकागीतका एक्ला जीवित बक्ता र गायक हुन भन्दा फरक नपर्ला । ( श्रोत— सोम माया दुरा संगै मृत दुराभाषा पुन जीवित होला त ? — डा. लोक बहादुर लोप्चन — बहुभाषिक शिक्षा) । हालसम्म उहाँका प्रकाशित कृतिहरु निम्न रहेको पाएका छौं ।
    १, तीनकुने तारा लघुकाव्य (२०३६)
    २) दुराभाषााको वर्णमाला(२०७४),
    २, नेपाली राष्ट्रियताको परिवेशमा ,
    ३, दुरासमुदायाको साँस्कृतिक जीवन अनुसन्धनमुलक ग्रन्थ
    ४, दुरा जातिका लोक कथाहरु (२०७८) ,
    ५, लमजुङे ठाडोभाका लोकगीत (२०७९) ।
    ६ दुराभाषाको व्याकरण — भाषा आयोग (२०७९)
    ७, दुराभाषाको शब्दकोष — भाषा आयोग (२०८०) प्रकाशित भइसकेका छन् ।

    No photo description available.

    मुक्तिनाथ घिमिरेज्यूले गर्नु भएका कार्यहरुको उच्च मूल्याँकन गर्दै सरकार एवं. संघ÷संस्थाहरुबाट उहाँले प्राप्त गर्नु भएका सम्मान तथा पुरस्कार निम्नानुसार रहेका छन् ।
    १, नेपाल सरकार शिक्षा तथा संस्कृति मन्त्रालयबाट २०६०को राष्ट्रिय प्रतिभा पुरस्कार ( स्वर्णपदकबाट सम्मानित )
    २) वि.सं.२०३३ साल देखि दुराजातिको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान गरेकोमा नेपाल प्रज्ञाप्रतिष्ठानको भवन कमलादीमा वि.सं.२०७३ बैसाख २ गते तत्कालीन प्रधानमन्त्री केपि.शर्मा ओलीबाट दोशल्ला ओढाइ अभिन्दन—पत्र ग्रहण गर्नु भएको छ ।,
    ३, नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार (२०७८) प्राप्त गर्नु भएको छ।

    नेपाली धर्म, सामाजिक संस्कार एव्र संस्कतिलाई जीवन्तता दिनु पर्छ भन्ने घिमिरेजी नेपाली भाषा आयोग कार्यालय काठमाण्डौमा बसेर दुरा जातिको लोपोन्मुख भाषाको अध्ययन अनुसन्धानमा जोड दिनु भएको थयो । यसै गरी उहाँले नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, भाषाविज्ञान समाज नेपालको आजीवन सदस्य र ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आजीवन सदस्य एवं सल्लाहाकार भएर सेवा गर्दै आउनु भएको छ ।
    आजका दिनहरुमा पनि विभिन्न मितिमा विभिन्न ठाउँमा दुरा प्रशिक्षार्थीहरुलाई दुराभाषा र संस्कृति विषयमा प्रशिक्षण दिने मुक्तीजी लमजुङे ठाडोभाका गीतका गायक तथा गायिकाहरुलाई समय समयमा प्रशिक्षण दिंदै आइ रहनु भएको छ । उहाँ विभिन्न समयमा कविता वाचन तथा कार्यपत्र प्रस्तुत गर्ने कार्य र हरेक वर्ष मातृभाषा दिवस ( भाद्र ३१) को सन्दर्भमा दुराभाषामा कविता वाचन गरेर लोपोन्मुख दुराभाषा तथा साहित्यको उजागर गर्दै आउनु भएको छ ।

    अन्त्यमा वि.सं. २०५४ सालदेखि नै घिमिरेले दुराभाषामा स्नात्तकोत्तर गरेका छन् । दुरा भाषामा गहन अध्ययन गरेका भाषिक एवं सांस्कृतिक अध्येता मुक्तिनाथ घिमिरेको पहलमा नै अहिले यो भाषाको पुनरोत्थान हुँदै गएको छ । लोपको संघारमा पुगेको दुराभाषाको संरक्षण र सम्बर्धनका मूलश्रोत पनि घिमिरे नै देखिएका छन् । मुक्तिनाथ घिमिरेले थालेको यस अभियानलाई इन्जिनियर लालबबहादुर भुजेल र यमबहादुर दुराहरुले एकसाथ अगाडि बढाई रहेका छन् ।उनै घिमिरेको सक्रियतामा दुराभाषाको शव्दकोष र व्याकरण निर्माण कार्य पनि अगाडि बढिरहेको छ । जसरी कुष्माखर घिमेरे र खजे दुरासंङ्ग लमजुङमा शाहीराज स्थापना गर्ने जस्तो सम्बन्ध दुराहरु सङ्ग कायम रहेको थियो अहिले मुक्तिनाथ घिमिरे र दुरासमाज केन्द्रीय कार्यालय सङ्ग त्यस्तै घनिष्ठ सम्वन्ध कायम रहन गएको पाउँदछौं । हुन त डा. गणेशमान गुरुङ, डा ऋषिकान्त अधिकारी, इन्जिनिय।र लालबहादुर भुजेल, यमबहादुर दुरा र मुक्तिनाथ घिमिरेहरुले दुरासमुदायको थातथलो , आर्थिक ािमाजिक र साँस्कृतिक क्षेत्रमा केन्द्रित रहेर पुस्तकहरु प्रकाशन गरी रहेका छन् । यिनै प्रकाशित पुस्तकहरुले दुरा समुदाय भित्रका खुल्दुली र भ्रामक कत्थ्यहरुलाई चिर्ने काम गरेको छ । अहिले आएर नेपाल सरकारको भाषा आयोगले पनि दुराभाषा संरक्षण र सबर्धनका लागि पाठ्य पुस्तक तयार गर्न लागेको जानकारी पाएका छौं । मुक्तिजीको अभियान सर्धै मुक्तकण्ठले निरन्तर प्रशंसा गर्न पाइयोस हाम्रो पनि यही मन्साय रही आएको छ ।।