प्रधानमन्त्री क्रिकेट कप : गण्डकीको टिममा छानिए तनहुँका चार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री क्रिकेट कप : गण्डकीको टिममा छानिए तनहुँका चार

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८०, बिहीबार

    पाेखरा । पुस २८ गतेदेखि सुरु हुने प्रधानमन्त्री क्रिकेट कपका लागि गण्डकी प्रदेशको टिम छनोट भएको छ । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न जिल्लाका खेलाडी छनोट गरी गण्डकीको टिम घोषणा गरिएको हो ।

    गण्डकी प्रदेशस्तरीय टिममा तनहुँका चार जना खेलाडी छनोट भएका छन् । उपकप्तानको रुपमा समिर कंडेल छानिएका छन् । त्यस्तै चन्द्रकान्त पौडेल, सन्दिप पराजुली, क्रिस आयर गण्डकीको टिममा पर्न सफल भएका छन् ।

    गण्डकी प्रदेशको टिममा बिपीन खत्री कप्तान छन् । त्यस्तै समिर कंडेल, इश्वर क्षेत्री, मुस्कान थापा मगर, रोशन गौतम, क्रिस आयर, अश्विन राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करन पङ्गेनी, सन्दिप पराजुली, चन्द्रकान्त पौडेल र अङ्कित न्यौपाने छन् ।