राष्ट्रियसभा सदस्य निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेलको सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रियसभा सदस्य निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेलको सहमति

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८०, सोमबार

    काठमाडौ । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ।

    एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन्।

    एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।

    राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले राप्रपा र एमालेबीच तालमेलको सहमति भएको बताए।

    ‘राप्रपा र एमालेबीच कोशीमा तालमेलको सहमति भएको हो। सहमतिअनुसार राप्रपाका पौडेल र एमालेकी कोइरालालाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको छ,’ सिटौलाले भने, ‘तालमेलको सहमति आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौं।’

    नेकपा (एमाले) कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि राष्ट्रिय सभा चुनावमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको बताए।