मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : तीन विभागीय र गण्डकी सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : तीन विभागीय र गण्डकी सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०८०, बिहीबार

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

    लिग चरणका खेलमा आज पुलिस क्लबले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकीलाई ३–० सेटले नै पराजित गरेका थिए । शनिबार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख तथा तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।