दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०८०, शुक्रबार

    काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।

    प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।

    ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएकाे छ ।

    आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए ।

    मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो ।

    तर, उनी एकपटक पनि सोधपुछका लागि उपस्थित भएका थिएनन् । केजरीवालको गिरफ्तारी पस्चात दिल्लीकी मन्त्री तथा आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजिनामा नदिने बताएकी छिन् । उनले जेलबाटै दिल्लीको सरकार चलाउने उनको भनाई छ ।

    ईडीका अधिकारीहरु उनको निवासमा पुगेको थिए । हाल डिल्ली प्रहरीले उनको निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।