ब्राजिल र स्पेन बराबरीमा रोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ब्राजिल र स्पेन बराबरीमा रोकियो

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    काठमाडौ । ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेल ३-३ गोलको बराबरीमा रोकिएको हो ।

    ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए ।

    यस अघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए ।

    त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।