एमाले कास्कीको अध्यक्षमा बैनबहादुर विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले कास्कीको अध्यक्षमा बैनबहादुर विजयी

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । पार्टीको एघारौं अधिवेशनबाट अधिकारी पक्षको प्यानल विजयी भएको हो ।

    अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट अध्यक्षमा पाँच सय ५१ मत प्राप्त गर्दै अधिकारी विजयी भएका हुन् । उनीसँगै प्रतिस्पर्धा गरेका माधव बास्तोलाले तीन सय ४७ मत प्राप्त गरे ।

    अध्यक्षमा विवेक त्रिपाठीले पनि प्रतिस्पर्धा गरेका थिए । उनले जम्मा १७ मत प्राप्त गरे ।

    पदाधिकारीमा खगराज समूहले ‘क्लिन स्विप’ नै गरेको छ । उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । यी सबै अधिकारी समूहका उमेदवार हुन् ।

    पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।