ऋषिङ्ग गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ्ग गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८०, बिहीबार

    दमाैली । तनहुँकाे ऋषिङ्ग गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई दैनिक जीवनयापनमा सहयाेग पुर्याउन सहायता सामग्री वितरण गरिएकाे हाे ।

    अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएर जीवनस्तरमा सुधार ल्याउने उद्धेश्य राखिएकाे गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

    गाउँपालिकाले चार जना अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण गरेकाे सूचना प्रविधि अधिकृत साैगात तिमिल्सनाले जानकारी दिए । उनका अनुसार दुई वटा सेताे छडी, एउटा ह्यिलिचयर र एउटा शाैचालय कुर्सी प्रदान गरिएकाे छ ।