आगामी वर्ष लगानी सम्मेलन : अर्थमन्त्री चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आगामी वर्ष लगानी सम्मेलन : अर्थमन्त्री चुमान

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८१, आईतवार

    पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरि बहादुर चुमानले गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन गर्ने बताएका छन् । आइतवार आर्थिक मामिला मन्त्रालयको पदभार ग्रहण गर्दे मन्त्री चुमानले आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निर्णय गर्दे मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने निर्णय गरेका छन् ।

    लगानी सम्मेलनका लागि आर्थिक मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।पुँजीगत खर्च बढाउन सरकारको विशेष ध्यान जाने बताउँदै मन्त्री चुमानले विगतदेखि नै प्रदेश सरकारले खर्चदर वृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागि पर्ने बताए ।