जन्मदिनमा डा. देवकाेटाद्वारा क्यान्सर पीडितलाई सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जन्मदिनमा डा. देवकाेटाद्वारा क्यान्सर पीडितलाई सहयाेग

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८१, आईतवार

    दमौली । आँबुखैरेनी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. सन्ताेष देवकाेटाले जन्मदिनकाे अवसरमा एक क्यान्सर पीडितलाई सहयाेग गरेक छन् । देवकाेटाले आइतबार आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच हजार पाँच सहयाेग गरेका हुन् ।

    रानाकाे उपचारमा सहयाेग पुर्याउने उद्धेश्यले जन्मदिनकाे फजुल खर्च कटाएर थाेरै भएपनि सहयाेग गरेकाे देवकाेटाले बताए ।

    रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न आग्रह गरिएकाे छ ।