भोजपुरमा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भोजपुरमा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८१, सोमबार

    काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।

    बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ ।

    दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

    घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।