नेकपा एमाले तनहुँको दशौ जिल्ला अधिवेशन वैशाख २८-२९, नयॉ नेतृत्व सर्वसम्मत हुनेमा विश्वास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एमाले तनहुँको दशौ जिल्ला अधिवेशन वैशाख २८-२९, नयॉ नेतृत्व सर्वसम्मत हुनेमा विश्वास

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८१, बिहीबार

    दमौली । नेकपा एमाले तनहुँको दशौ जिल्ला अधिवेशन वैशाख २८ र २९ गते हुँदैछ । अधिवेशनका सन्दर्भमा पार्टीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी तयारीबारे जानकारी गराएको छ ।

    अधिवेशनमा कूल ५ सय ६९ प्रतिनिधि सहभागी हुने उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए । अधिवेशनका लागि प्रतिनिधी चयन वैशाख २१ र २२ गते हुने भएको छ । जस अन्तर्गत जनवर्गीय संगठनको प्रतिनिधी चयन बैशाख २१ गते हुनेछ भने स्थाननीय तहको भुगोल तर्फ वैशाख २२ गते हुने भएको छ ।

    प्रतिनिधि चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ जना प्रतिनिधि चयन गरिनेछ भने ५० प्रतिशत थप हुँदा थप १ प्रतिनिधि थपिनेछ । एवं रितले सोही बमोजिम सदस्य थप हुदै जादा प्रतिनिधीको व्यवस्था ३ हुदाँ महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्ष मुनिका), ६ हुदाँ महिला, ७ हुदाँ युवा महिला, ८ भए पुरुष ९ हुदाँ महिला, १० भए युवा, ११ हुदाँ पुरुष, १२ हुदाँ महिला, १३ हुदाँ पुरुष, १४ युवा महिला को प्रतिनिधीत्व हुनुपर्ने एमालेले जनाएको छ ।

    त्यस्तै अधिवेशनमा जनवर्गीय संगठनहरु अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत,खेलकुद महासंघबाट २ जनाको दरले र प्रेस चौतारी, जनसास्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल ईन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, ईत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशनबाट १ जनाको दरले प्रतिनिधि चयन हुनेछन् ।

    अधिवेशनका लागि आयोजकको रुपमा रहेका जिल्ला कमिटिका १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, दलित तर्फबाट ४४ जना, पालिकावाट १५ र भुगोलवाट ३३० गरि कुल ५६० प्रतिनिधी रहने एमालेले जनाएको छ ।

    पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीको नयॉ नेतृत्व सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताए । पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महतले २०८१ जेठ मसान्तसम्म सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न हुने बताए । गण्डकी प्रदेशमा आठ वटा जिल्लाको अधिवेशन सकिएको उनले जानकारी दिए ।