गोरखाकी पूर्णिमाले दोस्रो पटक सगरमाथा आरोहण गरिन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोरखाकी पूर्णिमाले दोस्रो पटक सगरमाथा आरोहण गरिन्

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०८१, मंगलवार

    गोरखा । गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् ।

    एटके एक्सपिटिशनबाट उनले आरोहण गरेकी हुन् । यसअघि उनले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि विश्वका आठहजार मिटरभन्दा  अग्ला आठ वटै हिमाल उनले लगातार आरोहण गरिसकेकी छन् ।