काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ।
मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको एक सांसदले सेतोपाटीलाई जानकारी दिए।
संसदीय दल कार्यसमिति बैठकलगत्तै अहिले संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। दल बैठकमा सांसदहरूले धारणा राखेका छन्। दल बैठकको औपचारिक निर्णय आइसकेको छैन।
संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।