मादी नदीमा बालकको शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीमा बालकको शव भेटियो

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८१, शनिबार

    दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज बिहान एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२÷१३ वर्षीय बालकको शव भेटिएको हो ।

    मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए । निजको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

    स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।