त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग चर्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग चर्कियो

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ ।

    पौने घण्टादेखि बन्द विमानस्थल सञ्‍चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

    थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको छ।