विमानस्थलको धावनमार्गको खाल्डो पुरियो, सबै उडान अवतरण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विमानस्थलको धावनमार्गको खाल्डो पुरियो, सबै उडान अवतरण सुरु

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ ।

    धावनमार्गको लगभग बीच भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा परेको खाल्डो पुरेपछि उडान अवतरण सबै खुलेको छ ।