दमौली । बेलायतमा रहेको रजनजंग शाही फाउन्डेसनको आयोजनामा तनहुँको व्यास नगरपालिका-१४ केशवटारमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
असार १५ गते केशवटार माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो। बेलायतमा व्यवसायमा आबद्ध युवी समाजसेवी शाहीले आफ्नो जन्मभूमिमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्न लागेका हुन् ।
फिस्टेल अस्पताल पोखरा, व्यास नगरपालिका र वडा कार्यालयको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. भोला श्रेष्ठ, मुटुरोग विशेष डा. विश्व बराल, बालरोग विशेषज्ञ डा. दिलीप ओझा, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा गुरुङ, डा. एलिजा दुलाले स्वास्थ्य परीक्षण गर्नेछन् ।