एमाले तनहुँको अभियान मिसन-८४ बनोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    एमाले तनहुँको अभियान मिसन-८४ बनोस्

    आरके पोख्रेल

    ६ असार २०८१, बिहीबार

    नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह, बामपंथी आन्दोलनको नेता,रास्ट्र रास्ट्रियताको पहरेदार,जनताको प्यारो पार्टी नेकपा एमाले तनहुँको १० औं जिल्ला अधिवेशन भर्खरै सप्पन्न भएको ( बैशाख २८-३१) छ । १० औं जिल्ला अधिवेशनलाई एक पटक फर्केर हेर्ने नै हो भने सुधार गर्नैपर्ने केही कमि कमजोरी भएकै छ,पार्टी भित्रका आन्तरिक निर्वाचनमा जसरी पनि जित्नै पर्ने भन्ने हाम्रा मानसिकताहरुले निकै जरो गाडेको देखिन पुग्यो यद्यपि लोकतन्त्रमा आन्तरिक निर्वाचनलाई स्व्च्छ र मर्यादित बनाउन सकियो भने यसले हानी हुँदैन, पार्टी भित्रका आन्तरिक निर्वाचनहरुमा पार्टीका शिर्ष नेतृत्वकर्ताहरुले खेल्नुपर्ने भुमिकाका विषयमा पनि आगामी दिनमा सबै बसेर छलफल गरौंला नै तर पनि पद सिमित र आंकाक्षिहरु धेरै भएकै कारण नेतृत्वले मिलाउन नसकेको पनि हुन सक्छ ढाममार्ने प्रवृत्ति कै कारण समस्या पनि हुन सक्छ जे होस् यो सबै आगामी दिनमा सबै संगै बसेर छ्लफल गर्नेछौ भन्ने नै लाग्छ । पार्टीको आन्तरिक निर्वाचनमा जसरी पनि माथिल्लो तहका नेतृत्वहरुको नाम जवरजस्ती जोडीनु वा जोड्न खोज्नु पनि आगामी दिनमा त्यति सान्दर्भिक नहुन सक्छ समीक्षा गरौंला ।

    आन्तरिक प्रतिस्पर्धा जे रहे पनि अब तनहुँले १० औं जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व प्राप्त गरेको छ । जिल्ला अधिवेशन पश्चात् पनि हामी पालिकाहरुमा पनि बाकसै थाप्न प्रेरित नगरेको भए पनि हुन सक्थ्यो तर जित्नेलाई – ” जितको उन्मात र हार्नेलाई हारको बिस्मात ” ले होला हामिले केही पालिकामा बाहेक सर्वसम्मत नेतृत्व चयन गर्न सकेनौं जे होस् हाल तनहुँका १० वटै पालिकाहरुमा समेत अधिवेशन सम्पन भएको छ,नयाँ नेतृत्व चयन भएको छ । सबै पालिकाका नेतृत्वप्रती पार्टीकाममा गर्व गर्न सक्ने,पार्टीको काम गर्न सक्ने वातावरणको सृजना सबै मिलेर गर्न सक्नुपर्छ, सबै पार्टि सदस्यहरुलाई पार्टी काममा लाग्न सक्ने वातावरणको सृजना हुनेछ भन्ने आशा र विस्वास गरौं, पार्टी बनाउने सन्दर्भमा सबै एकजुट बनेर लाग्नुपर्ने छ । निर्वाचनमा ” जित्नेहरु अब्बल,हार्नेहरु कमजोर वा जित्नेहरु नायक हार्नेहरु खलनायक ” हुन् भन्ने मानसिकता बाट सबै माथी उठि आन्तरिक प्रतिस्पर्धामा,जबजमा जित्नेहरुले पार्टी कामको नेतृत्व लिने र हार्नेहरुले पार्टी काममा नेतृत्वलाई सघाउने परिपाटीको बिकास गर्नैपर्छ, मनमा ईगो पालेर पार्टी बन्दैन ।

    आन्तरिक प्रतिस्पर्धामा भाग लिने सबै जिल्ला होस् वा पालिका सबै सबैले पार्टी निर्माणको यो महा अभियानमा लाग्नुपर्नेछ । घर छोडेर जानेहरूलाई पनि मुल घरमा फर्काउन सबै मिलेर लाग्नुपर्नेछ भन्ने मेरो बुझाई छ । विगतमा पार्टी छाडेर जानेहरुपनी गल्ती महसुस गरेर मुल घर फर्किसकेपछी हेर्ने दृस्ठिकोण समान राख्न सकिन्छ वा सकिँदैन ? यो विषयमा ध्यान पुर्याउनै पर्छ । अन्य दलबाट आएकाहरुलाई जिम्मेवारी प्रदान गर्दा कामको क्षमताको आधारमा बनाउदा राम्रो हुने गर्छ । जिम्मेवार दिने कुरामा नेतृत्वले वैरभाव हुने छैन भन्नेकुरामा पुर्ण बिश्वास दिलाउन सक्नुपर्छ । पार्टीका आन्तरिक विषयमा समेत निर्वाचमा भएका गतिविधिलाई नै मनमा राखेर भावुक बनेर होइन जिल्ला अधिवेशनको गणित ,गनेर होईन जालझेल र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने तत्वहरुबाट सतर्क रहदै आन्तरिक एकतालाई बलियो बनाउन सबैलाई समेटेर लान नेतृत्व लाग्नैपर्छ । पिंजडामा रहेर चरिले कहिल्यै उडान भर्न सक्दैन,उडानका लागि खुल्ला आकाश चाहिन्छ । गण्डकीका अन्य जिल्लाहरुलाई समेत बिजय र पराजयको मानसिकताबाट होइन, हिजोको गणितीय प्रणालीले होईन पार्टी निर्माणको यो अभियानमा, पार्टीको काममा नेतृत्वलाई सघाउने सन्देश तनहुँले दिन जरुरी छ, हामी तयार नै छौ । पार्टी काममा नेतृत्वलाई सघाउने कुरामा प्रतिवद्द छौं बन्नेछौ ।

    पार्टीले लिएको निति,विधि र सिद्धान्तलाई आत्मसात गर्दै केन्द्रिय नेतृत्वले लिएको मिसन- ८४ अभियानलाई सार्थक तुल्याउन आजैका दिन देखि लाग्नुपर्नेछ । मिसन -८४ आजैबाट शुरु गरौं । हामिलाई हार्ने छुट छैन जनताको जनजिविकाको सवालमा, मजदुर श्रमजीवी र सर्वहाराको आशा भरोसा र विस्वास एमालेमा नै छ त्यसैले अब बिकास निर्माणका लागी जनताको जनजीवन परिवर्तनको लागि मिसन-८४ मार्फत एमालेलाई जनताले पर्खिरहेका छन् । बिगतबाट पाठ सिकेर बर्तमानमा अडिग रहेर अगाडि बढौं यसैमा हामी सबैको भविस्य छ। जनताको भबिस्य छ, क्रान्ति नायक एकदेव आले, पिताम्बर रानाभाट, लक्ष्मी प्रसाद श्रेष्ठ,फणीन्द्र लोहनी,तुलसी प्रसाद श्रेष्ठ लगायत अग्रजहरुले तनहुँलाई बाममय बनाउने देखेका सपना, जनताका सपना,गरिव मजदुर सर्वहारा मुक्तीका सपनालाई सार्थक बनाउने जिम्मेवारि हामी सबैले बोध गरौं, अग्रजहरुका सपना सार्थक बनाउन,लागौं एमाले तनहुँले सदैव अग्रजलाई संमान गरौं, नयाँलाई प्रोत्साहन गरौं । हार्दिक अभिवादन ।।।