अध्यक्ष थापाद्वारा क्यान्सर पीडित घिसिङलाई ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अध्यक्ष थापाद्वारा क्यान्सर पीडित घिसिङलाई ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    काठमाडौँ । अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेका अध्यक्ष एवम् नेपाल सेफ एशोसियसनका संस्थापक महासचिव अर्जुनबहादुर थापाले क्यान्सर रोगबाट पीडित युवा सेफ प्रेमलाल घिसिङलाई ५० हजार रुपैया सहयोग गरेका छन् । घिसिङको निवास कोटेश्वरमा सोमबार पुगेर अध्यक्ष थापाले सो रकम प्रदान गरेका हुन् ।

    घिसिङले यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न सोसाइटीले स्थापना गरेको ५० हजार राशिको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” प्राप्त गरेका थिए । रैथाने खाना, लोक परिकार अनुसन्धान संकलकसहित १०१ दिनको खोजी यात्राका अभियान र खोजीकर्ता ३२ वर्षीय घिसिङ उक्त रोगको उपचार गर्दै छन् ।

    विक्रम सम्वत् २०४० मा सोल्टी होटल काठमाडौबाट काम शुरु गरेका बलायत निवासी थापा गतवर्षदेखि द चेडी हाेटल अन्डरमाट स्वीटजरल्याण्डमा सेफका रुपमा कार्यरत छन् । अध्यक्ष थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख ६० हजार रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

    विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो । यसले स्थापनादेखिनै नेपालभित्र र बाहिरका नेपाली सेफहरूको व्यावसायिक क्षमता विकास र रैथाने नेपाली खानाको प्रवद्र्धनमा योगदान दिँदै आएको साेसाइटीका मेण्टर सूर्यकिरण श्रेष्ठले बताए । थापाले महावीर पुनको आविष्कार केन्द्रलाई पनि गतवर्ष एक लाख सहयाेग गरेका थिए ।