ऑबुखैरेनी गाउँपालिकामा असल अभिभावकत्वको व्यावहारिक प्रयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी गाउँपालिकामा असल अभिभावकत्वको व्यावहारिक प्रयोग

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८१, मंगलवार

    दमौली । असार ११ को मध्यान्ह समय छिम्केश्वरी माध्यमिक विद्यालयमा नियमित कक्षा चलिरहेको थियो । सबै शिक्षक कर्मचारी उपस्थित भएको विद्यालयमा राखिएको उपस्थिति बोर्डले देखाएको थियो । तेस्रो घण्टीको मध्य चलिरहँदा कक्षा तिनका एउटा बालक सुसन थापा मगर लिएर कक्षा शिक्षक प्रधानाध्यापक खोज्दै आइपुग्छन् । शिक्षणमा रहेका प्रधानाध्यापकले तत्काल नजिकै रहेको स्वास्थ्य चौकी लैजान र बालकका अभिभावकलाई सम्पर्क गर्न निर्देशन दिन्छन् । कक्षा कोठा भित्र पेन्सिल तिखारेको फोहोर डस्टविनमा राख्ने क्रममा बालक लड्न पुग्छन् र उनको दाहिने हात फ्याक्चर भएको बाहिरबाटै देखिन्छ ।

    विद्यालयको कक्षा कोठा भित्र बालक अप्रत्यासित दुर्घटनामा परेपछि घटनाको बारेमा आँवुखैरेनी गाउँपालिका शिक्षा शाखा र वडा नम्बर ४ को कार्यालयमा जानकारी गराउँछन् । शिक्षा शाखाबाट एम्बुलेन्स पठाउने वा घाइतेलाई छिटो गरी अस्पताल सम्म ल्याउन निर्देशनसँगै बालकको प्राथमिक उपचार पछि एक शिक्षकको सहयोगमा बालकलाई अभिभावक सहित आँवुखैरेनी गाउँपालिका अस्पतालमा पुर्याइन्छ । गाउँपालिका पुर्याए लगतै शिक्षा शाखा प्रमुखले बालकको उपचार प्रबन्ध मिलाउँछन् ।

    इमरजेन्सीमा पुर्याइएका बालकको तत्काल एक्सरे गर्नुपर्ने भएपछि टिकट लिएर एक्सरे गरिन्छ । एक्सरे रिर्पोटमा बालकको दायाँ हातको दुवै हड्डि भाँचिएर उछिटिएको अवस्थामा देखा पर्दछ । डाक्टर डिवि क्षेत्री यसलाई यही अस्पतालमा भाँचिएको हड्डि जस्ताको तस्तै जोड्न प्रयास गर्ने, प्रयास सफल भए नभएको पुन एक्सरेबाट थाहा हुने भएपछि बालकका आफन्त र विद्यालयका शिक्षक सोही अस्पतालमा उपचार गराउन तयार हुन्छन् ।

    यस्तै केसका विरामीहरु शहरका अस्पतालमा लैजादा लाखौँ खर्च गरेर उपचार गर्ने गरेका र आफ्नो छोराको पनि यसैगरी हात भाँचिदा डेढलाख खर्च गरेर उपचार गरेको उपचारमा सँगै रहेका शिक्षकले बताए ।

    उपचारका लागि प्रतिक्षासँगै औषधीको जोहो गरी घाइतेलाई डाक्टर डि.वि. क्षेत्री र डाक्टर अविनास कुमार रौनियारको टोलीले उपचार गर्यो र भाँचिएको हात जोडियो । यस्ता जटिल केसको उपचार आँवखैरेनीमा होला भन्ने अनुमान नगरेका सँगै रहेका शिक्षक र अभिभावकले उपचारमा सलग्न डाक्टर सहितको टोलीलाई धन्याद दियो ।

    यो उपचार गर्दा सम्म अभिभावक विद्यालयले कुनै शुल्क तिर्नुपरेन । गाउँपालिकाको अस्पतालमा उपचार भएसम्म गर्ने र नभए अन्यत्र लैजान समेत गाउँपालिकाबाट खर्चको अनुमान गरी व्यवस्थापन समेत भइसकेको सँगै रहेका शिक्षक बताउँछन् । बालक सकुशल रहेका छन् । यतिबेला उनी आँवखैरेनी अस्पतालमा डिस्चार्जको पर्खाइमा छन् ।
    विद्यालयमा आइपर्ने भवितव्यमा गाउँपालिकाबाट यसरी सहयोग होला भन्ने आफूले नसोचेको बालककी आमा फूलमाया मगरले बताइन । बालकको उपचार भइरहँदा उनका बाबु टिकाराम मगर अस्पतालमा आए र उनले विद्यालयका शिक्षक, उपचारमा सँलग्न डाक्टरलाई धन्यवाद दिए ।

    स्थायी सरकारको रुपमा रहेको स्थानीय तह जनताको सरकार, नागरिकको सरकार भन्ने गरिन्छ तर विपतमा परेपछि हाम्रो कोषमा रकम छैन, बैठक बसेर निर्णय गर्छौं भन्दै जाने र जिम्मेवारीबाट पञ्छिन खोज्नेहरुलाई आँवुखैरेनी गाउँपालिकाले असल अभिभावक भएर व्यवहारमा कसरी काम गर्ने भनेर उदाहरणीय बनेको छ । भवितब्यमा परेका बालकको निशुल्क उपचार गरिदिएकोमा गाउँपालिकालाई विद्यालयले धन्यवाद दिएको छ ।

    आँवुखैरेनी अस्पतालका डाक्टर डी वि क्षेत्रीले सिमित स्रोत साधनबाट अति विपन्न परिवारका वर्ष ९ का बालकको सफल रुपमा भाँचिएको हड्डी मिलाउन सकिएको र सबै सेवा निशुल्क गरिएको आफ्नो फेसबुक पेजमा सार्वजनिक समेत गरेका छन् ।