पत्रकार मर्यादित भए नेता अनुशासित हुन्छन्: उपसभामुख रानामगर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार मर्यादित भए नेता अनुशासित हुन्छन्: उपसभामुख रानामगर

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    काठमाडाै । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकार मर्यादित भएमात्र समाज र नेता अनुशासित हुने बताएकी छन् । क्रियाशील पत्रकार महिलाले पत्रकार महिलाहरुको नेतृत्व एवं क्षमता विकासका लागि काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले विकशित देशमा पत्रकारको भुमिकाकाे कारण सुशासन कायम भएकाे भन्दै नेपालमा पनि सुशासन कायम गर्नका लागि  पत्रकारको मुख्य भुमिका रहने बताइन्।

    उपसभामुख रानामगरले भ्रष्टाचार र अनियमिताको बिरुद्ध आवाज उठाउँदा पत्रकार जोखिममा रहेकाे भन्दै पार्टी भन्दा सत्यतामा रहेर वाक स्वतन्त्रता प्रयोग गर्न अनुरोध गरिन् । देश कता तर्फ लैजाने पत्रकारको हातमा रहेको भन्दै उपसभामुख रानामगरले अहिलेको डिजिटल युगमा विश्वले तुरुन्तै सूचना थाहा पाउने भन्दै सहि सूचना सम्प्रेषण गर्न अनुरोध गरिन्।

    उपसभामुख रानामगरले पत्रकार महिलाको क्षमता अभिवद्धिका लागी सरकारले बजेटमा प्राथमिकता दिनुपर्ने बताइन्।

    नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले  पत्रकार महिलाले नेतृत्वमा नपुग्दा सम्म अनेकौं आरोह अवरोह झेल्नुपरेको कारण पत्रकार महिला ओझेलमा परेको बताइन्। जबसम्म नीतिनिर्माण तहमा पत्रकार महिला तवसम्म केहि गर्न नसकिने भन्दै आफुलाई प्रविधिसँग जोडेर पत्रकारितामा टिक्न र विक्न सक्ने बनाउनुपर्ने बताइन्।

    उज्यालो एफएमका निर्देशक मन्टेश्वरी राजभण्डारीले पहिले र अहिले पत्रकारिताको स्वरूप फेरिएको भन्दै तालीम र अवसरले पत्रकारलाई निखार्ने बताइन् ।

    क्रियाशील पत्रकार महिलाको संस्थापक अध्यक्ष अध्यक्ष संगिता लामाले पहिले र अहिले पत्रकारिता र मिडियाको स्वरूप फेरिएको बताइन्।

    कार्यक्रममा फ्रिलान्सर रामकृष्ण रेग्मी, नेपाल पत्रकार महासंघका सल्लाहाकार निर्मला शर्मा, फ्रिलान्सर पुनम  क्रियाशील पत्रकार महिलाको आयोजना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा करिव५५ जनाभन्दा बढी पत्रकार महिलाकाे सहभागिता रहेको थियो।