एसईई : शुक्लागण्डकीका दुई विद्यालय निल, पास हुने भन्दा फेल हुने धेरै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसईई : शुक्लागण्डकीका दुई विद्यालय निल, पास हुने भन्दा फेल हुने धेरै

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमौली । यस वर्षको एसईई परीक्षामा तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई विद्यालय निल भएका छन् ।

    शुक्लागण्डकी-१ थप्रेकस्थित सरस्वती मावि र शुक्लागण्डकी-११ राइपुरस्थित महेन्द्र मावि निल भएका हुन् । सरस्वतीबाट १९ र महेन्द्रबाट पॉच जना विद्यार्थी सहभागी भएकामा सबै अनुत्तीर्ण भएका छन् ।

    नगरपालिका अन्तर्गत २५ सामुदायिक विद्यालयबाट ६ सय ६० विद्यार्थी सहभागी भएकामा दुई सय ७१ विद्यार्थी उत्तीर्ण भएका छन् भने तीन सय ८९ अनुत्तीर्ण भएका छन् ।