टी-२० विश्वकपको फाइनलमा भिड्दै भारत र दक्षिण अफ्रिका, वर्षा भए के हुन्छ नतिजा?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकपको फाइनलमा भिड्दै भारत र दक्षिण अफ्रिका, वर्षा भए के हुन्छ नतिजा?

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत फाइनलमा आज राती ८ः१५ मा भारत र दक्षिण अफ्रिका उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फाइनलको दिन वर्षाको संभावना ५१ प्रतिशत रहेको छ। खेल हुनु एकदिन अघि फाइनल खेल्ने तय भएको ब्रिजटाउनमा भारी वर्षा भएको थियो। यदि वर्षाका कारण आज खेल सम्भव नभए या बिचमै खेल रोकिए ३० जुन अर्थात भोली खेल हुने छ।

    फाइनलका लागि भोलीलाई रिजर्व डे राखिएको छ। फाइनल खेलका लागि १ सय ९० मिनेट अतिरिक्त समय राखिएको छ। टि–२० खेल दुबै टीमले पुरै ब्याटिङ गरेकमा ३ घण्टा १० मिनेटमा सकिन्छ। अतिरिक्त समय जोडेर ६ घण्टा २० मिनेट सम्ममा खेल सक्ने गरी स्याडुल रहेको छ। कम्तिमा डिएलएस म्याथोड प्रयोग गरेर खेल हुन पनि १०–१० ओभरको खेल हुनु पर्ने छ। यदि आज खेल भएन भने रिजर्व डेका दिन पनि ३ सय ८० मिनेटको समय राखिएको छ। अर्थात ६ घण्टा २० मिनेट भोलीका लागि समेत रहने छ। यो दुइ दिनबिचमा पनि खेल पुरा भएन भने दुबै टिमले ट्रफि बाँड्ने छन्।

    भारत तेस्रो तथा दक्षिण अफ्रिका पहिलो पटक फाइनल खेल्दै

    दुबै टिमले टी–२० विश्वकप सुरु भएको २००७ यता लगातार टी–२० विश्वकपमा सहभागिता जनाएका छन्। भारतले पहिलो प्रतियोगिताकै उपाधि जितेकव थियो। उक्त समयमा अफ्रिकी टोली भने समूहचमा णबाटै बाहिरियो। भारत २०१४ मा पनि फाइनल पुगेको थियो। तर उक्त फाइनलमा भारत श्रीलंकासँग पराजित हुँदै उपविजेतामा सिमित भयो। भारतको यो तेस्रो फाइनल खेल हो।

    दक्षिण अफ्रिका भने पहिलो पटक फाइनलमा पुगेको हो। भारत यसअघि २०१६ र २०२२ मा सेमिफाइनलमा पराजित हुँदै घर फर्किएको थियो। भारत २००९, २०१०, २०१२ र २०२१ मा समूहचरण पार गर्न असफल भएको थियो। भारतको नकआउटमा जित प्रतिशत ५७ रहेको छ। उसले नकआउटमा ४ खेलमा जित निकाल्दा ३ खेलमा हार भोगेको छ।

    अर्को तर्फ दक्षिण अफ्रिका भने २००९ र २०१४ मा दुइपटक सेमिफाइनलमा पराजित भएर घर फर्किएको थियो। १० वर्षपछि टोली पुन नकआउटमा पुग्दै पहिलो पटक सेमिफाइनल जितेर फाइनल पुगेको हो। उसको ६७ प्रतिशत नकआउट खेल गुमायो। अफ्रिकी टोली २००७, २०१०, २०१२, २०१६, २०२१ र २०२२ मा समूहचरणबाटै बाहिरिएको थियो।

    हेड टु हेडमा भारत अघि

    टी–२० विश्वकप इतिहासमा भारत र दक्षिण अफ्रिकाबिच कुल ६ खेल भएका छन्। जसमा ४ खेलमा भारत र २ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। भारतले २००७ मा दक्षिण अफ्रिकालाई उसकै घरेलु मैदानमा सुपर–८ को खेलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।

    २०१४ मा मिरपुरको मैदानमा दुबै टिम सेमिफाइनलमा भिडेका थिए।

    दक्षिण अफ्रिकाले १ सय ७२ रन बनाएको थियो। तर विराट कोहलीको ७२ रनको इनिङमा भारतले ६ विकेटले खेल जित्दै फाइनल प्रवेश गरेको थियो। २०२२ मा दुइबिच पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो। पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले २० ओभर सम्म चलेको खेलमा ५ विकेटको जित निकालेको थियो।

    समग्रमा टी–२० अन्तर्राष्ट्रियमा भने यि दुई टिमबिच कुल २६ खल भएका छन्। जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ खेलमा जित निकालेका छन्।

    पहिलो पटक १ डिसेम्बर २००६ मा यि दुई टोलीबिच टी–२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा भएको थियो। जुन खेल भारतको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल थियो।२०२३ मा पछिल्लो पटक ३ खेलको टी–२० सिरिज भएको थियो। उक्त खेल १–१ को बराबरीमा सकिएको थियो।

    टी–२० विश्वकपमा कहिले कुन टिमले जिते

    २००७ मा डरबनमा सुपर आठमा भिडन्त भारतले ७३ रनले खेल जित्दा रोहित शर्मा प्लेयर अफ द म्याच घोषित। २००९ मा नोटिङ्घममा सुपर आठको खेलमा प्रतिस्पर्धा हुँदा दक्षिण अफ्रिका १२ रनले विजयी एबी डिविलियर्स प्लेयर अफ द म्याच।

    २०१० मा सेन्ट लुसियामा समूहचरणमा प्रतिस्पर्धा भारत १४ रनले विजयी सुरेश रैना प्लेयर अफ द म्याच। २०१२ मा कोलम्बोमा सुपर आठमा भिडन्त भारत १ रनले विजयी युवराज सिंह प्लेयर अफ द म्याच। २०१४ मिरपुरमा सेमिफाइनलमा भिडन्तमा भारत ६ विकेटले विजयी। २०२२ मा पर्थमा समूहचरणमा भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी लुंगी एनगिडी प्लेयर अफ द म्याच घोषित।