मुग्लिङ-नारायणगढ सडकमा ठूलो पहिरो, पन्छाउन ४ घण्टा लाग्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिङ-नारायणगढ सडकमा ठूलो पहिरो, पन्छाउन ४ घण्टा लाग्ने

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    चितवन । मुग्लिङ-नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरमा अनुसार कालीखोला चेनेजलगायतका ठाउँमा ठूला पहिरा गएका छन् ।

    कार्यालयले पहिरो पन्छाउनका लागि लोडर मेसिन मोबिलाइज भएको जनाएको छ । साथै पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने पनि कार्यालयको भनाइ छ ।