प्रधानमन्त्री प्रचण्डको दाबी : कांग्रेस–एमालेलाई डरले जोड्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्डको दाबी : कांग्रेस–एमालेलाई डरले जोड्यो

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् ।

    विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।

    सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’