चुँदीखोलाले बगाएर बेपत्ता निमबहादुरको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुँदीखोलाले बगाएर बेपत्ता निमबहादुरको शव फेला

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    दमौली । तनहुँको भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर शनिबार बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । नुहाउने क्रममा खोलाले बगाउँदा सोही ठाउँ बस्ने ४० वर्षीय निमबहादुर मस्राङ्गी बेपत्ता भएका थिए ।

    उनको शव आज भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा खोजी कार्य गरेको थियो ।