बालुवाटार सरे प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालुवाटार सरे प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिएकै दिन केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । उनी बालकोटस्थित निजी निवासबाट सोमबारै बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ ।

    आइतबार प्रधानन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री प्रचण्डले सरकार ढलेसँगै शुक्रबार नै बालुवाटार छाडेका थिए ।