अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न सकिने

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ ।यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल तिर्न मिल्थ्यो । आजदेखि भने बिहान ८ देखि राति १२ बजेसम्म बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ ।

    गएको जेठ ३० गतेको सञ्चालक समितिको निर्णयअनुसार आजदेखि लागू हुनेगरी बिहान ८ देखि राति १२ बजेसम्म अनलाइनमार्फत बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले वितरण केन्द्रहरूलाई अनलाइन डाटा तयार गरेर हरेक दिन बिहान पौने ८ बजेभित्र पठाउन पनि निर्देशन दिएको छ ।