भिमादमा पहिराले गोठ पुरिदा एक भैंसी र तीन बाख्रा मरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा पहिराले गोठ पुरिदा एक भैंसी र तीन बाख्रा मरे

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    दमाैली । तनहुँको भिमाद नगरपालिका–२ कर्लुङभञ्ज्याङमा शनिबार गएको पहिराले गोठ पुरिँदा एक भैसी र तीन बाख्रा मरेका छन् । स्थानीय टुकमणि सिग्देलको कच्ची ढुङ्गा माटोले बनेको टिनको छानो भएको गोठ पहिराले पुरिँदा गोठमा रहेका भैंसी र बाख्रा मरेका हुन् ।

    गोठमा रहेका एक भैंसी र चार बाख्रालाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।