काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा समस्यामा परेका १७ जना नेपाली विद्यार्थीलाई आइतबार स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी दिएका छन् ।
परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको ओलीले शनिबार राति फेसबुकमार्फत जानकारी दिएका हुन् ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्।