भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८१, मंगलवार

    काठमाडौ । एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।पहिलो खेलमा युएईलाई पराजित गरे पनि त्यसपछिका दुई खेलमा लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो। 

    मंगलबार श्रीलंकाको दाम्बुला रंगशालामा नेपालले भारतसँग ८२ रनको फराकिलो अन्तरको हार बेहोर्यो। दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको जित निकालेको थियो।

    भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो।

    नेपालका लागि सीता रानामगरले १८ रन,  कप्तान इन्दू वर्माले १४ रन र रुबिना क्षेत्रीले १५ रनको योगदान गरे। यस्तै विन्दू रावलले नटआउट १७ रन जोडिन्। 

    बलिङमा भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुन्धती रेडी र राधा यादवले २-२ विकेट हात पारे।