लायन्स क्लव अफ तनहुँ दमौलीद्वारा चार्टर नाइट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स क्लव अफ तनहुँ दमौलीद्वारा चार्टर नाइट

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८१, बिहीबार

    दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा आयोजित चार्टर नाइट कार्यक्रम बुधबार सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायन्स क्लबका सम्पूर्ण सदस्य र उनीहरूको परिवारको सहभागिता रहेको थियो।

    कार्यक्रममा लायन्स जिल्ला ३२५ एल नेपालका वर्ष २४/२५ का डायनामिक लिडर सुमन भट्टले क्लवले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गरे ।

    क्लवका अध्यक्ष रनिल रोकाको अध्यक्षतामा आयोजित कार्यक्रममा जोन चेयर पर्सन सरोज भण्डारी, लायन्स क्लब अफ तनहुँ व्यास सिटीका अध्यक्ष एक प्रसाद श्रेष्ठ, रीजन १६ की चेयरपर्सन विमला श्रेष्ठ, जिल्ला सह-प्रमुख सल्लाहकार चूडामणि दाहाल, कार्यकारी प्रमुख राजकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

    कार्यक्रममा भिक्टोरिया डान्स एण्ड एक्सन स्कूलका संचालक सर्जन थापा र विद्यार्थीहरूले दुईवटा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।