तनहुँकाे देवघाटमा कुम्भमेलाकाे सम्भावना र यस्ले दिने सन्देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    तनहुँकाे देवघाटमा कुम्भमेलाकाे सम्भावना र यस्ले दिने सन्देश

    देव बस्न्यात

    १२ भाद्र २०८१, बिहीबार

    विषय प्रवेश

    वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यकाे अभिन्न अङ्ग रहेकाे गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र तत्पश्चात तनहूकाे अधीनमा रहन गएकाे थियाे । भाषा संस्कृति र व्यापार व्यवसायका माध्मले खसहरुले काठमाण्डाै उपत्यका सम्म अाफ्नाे प्रभुत्व जमाका कारण अाफ्नाे बिस्तारित राज्यकाे भूभाग भित्र अाफ्ना हीतधारी सेनाहरुलाई बसाेबास गराउँदै लगे ।धन्यै १०० वर्षकाे अन्तरालमा डाेल्पाकाे साल्दम केन्द्र बनाएर अाएकाे ८.८ रेक्टर स्केलकाे महाभूकम्पले शक्तिशाली खस साम्राज्य पूर्णत तितरवितर हुन पुग्याे । कुनैबेलाकाे समृध्द सिञ्जा खस सम्राज्य, विशाल पाल्पा र चाैबिसी राज्य तनहुँकाे पनि प्रमुख तीर्थस्थलकाे रुपमा देवघाट अाज प्रयन्त जीवन्त राखेकाे छ ।

    २, कुम्भमेला भन्नाले के बुझिन्छ?

    कुम्भकाे शाब्दिक अर्थ घडा सुरही अर्थात भाँडा कुँडा भन्ने जनाउँछ र मेला भन्नाले कुनै स्थानमा मिल्नु, संगसंगै हिंड्नु र विशेष स्थानहरुमा सामुदायीक रुपमा हुने कार्यक्रमहरुमा एकसाथ हुने जमघट र भेटघाटलाई बुझाउने गर्दछ । अादि सनातन वैदिक परम्परा , पूर्विय दर्शन तथा वेद एवं पाैराणिक मत अनुसार कुम्भ भन्नाले अमरता भन्ने जनाउँछ । वास्तवमा कुम्भमेला भन्नाले अमरत्व प्रप्तिका लागि हुने विशाल धार्मिक मेला तथालजमघटलाई बुझाउने कुरामा हामी विश्वस्त रहेका छाैं ।कुम्भ मेला विशेष गरेर सूर्य एवं चन्द्रमा वृश्चिक राशी तथा वृहस्पति मेष राशीमा प्रवेश गरेकाे बेला अायाेजना हुने गर्दछ । उक्त समयलाई मकर सक्रान्ति भन्ने गरिन्छ । मकर सक्रान्तिकाे समय नै कुम्भ मेला स्नान गर्ने र माेक्ष धाम प्राप्तिका लागि मनाउने गरिन्छ । कुम्भ मेलाकाे सुरुअात यही दिन नै मङ्गलकारी भएकाे मानिने हुनाले नेपाली लाेक चलन अनुसार यसलाई माघे सक्रान्ति भन्ने गरिन्छ ।

    ३, कुम्भ मेलाकाे कसरी सुरुअात भयाे ?

    देवभूमिमा राक्षसहरुले अाधिपत्य जमाए पछि श्री विहिन बन्न पुगेका देवताहरुमा भयँकर छटपटी भयाे । यत्रतत्र भाैंतारिए पनि । देवसत्ताबाट च्युत भएका देवताहरु ब्रह्माकाे शरणमा पुगे । ब्रह्मा एवं इन्द्रादि सहितका देवी देवताहरु विष्णुकाे शरणमा पुगे । विष्णुले देवताहरुलाई राक्षसहरु सँग मिलेर क्षीरसागर मन्थन गरेर अमृत प्राप्त गरी अमृतकाे सेवनले अमरत्व प्राप्त गर्न सल्लाह दिए । बैज्ञानिक हिसावले पनि पहिले यस स्थानमा टेथिस सागर भएकाे र उतरी तथा दक्षिणी धूर्वकाे थिचाईले बपस्तारै हिमालकाे उत्पति भएकाे बताउँछ । यदि याे सत्य हाे भने त्याे बेलाकाे सुमेरु पर्वत अहिलेकाे पञ्चकन्या देवी मन्दिर रहेकाे घुमाउनेघाटकाे पर्वत नै थियाे ।त्यही हुनाले अहिले पनि घुमाउनेघाटकाे तनहुँ तर्फकाे पर्वतलाई सुमेरु पर्वतकाे नामले सम्वाेधन गरिन्छ। अाखिर समुन्द्र मन्थन गर्ने देवताहरुकाे चाहानामा राक्षसहरुकाे पनि मत मिल्याे । दुबैथरीअमरत्व प्राप्त गर्न समुन्द्र मन्थन गर्न सहमत भए । समुन्द्र मथ्नका लागि देवता र राक्षसहरु हाल अाँबु खैरेनी स्थित घुमाउने घाट स्थित सुमेरु पर्वतमा जम्मा भए नागहरु नेती बन्न तयार भए । यहाँका पञ्च कन्याहरुले समुन्द्र मथनमा सहयाेग पुराउने वचन दिए । अन्तत: समुन्द्र मन्थन जस्ताे कठिन कार्य शुभारम्भ भयाे । देवता र राक्षसहरुले कल्पना गरेकाे भन्दा फरक स्थित प्रादुभाव भयाे । सर्वप्रथम अमृतकाे सट्टामा समुन्द्रबाट हलाहल विष निष्कियाे । हलाहल विषले बिध्नबाधा सृजना गर्दै लग्याे । विष नष्ट गर्ने उपाय कसै गरी सुझेन । समुन्द्र मन्थनमा संलग्न देवता र राक्षसहरु सबैजना मिली भगवान शिवका समिपमा गए। हलाहल विषलाई शिवजीले पान गरे । विषले पिडित भगवान शिव गाेसाईकुण्ड पुगेर त्रिशुलले पहाड भेदन गरी पानी निकाले । क्षणभरमा उक्तस्थान कुण्डमा परिणत भयाे । त्यही कुण्डकाे नाम गाेसाई कुण्ड रह्याे । गाेसाईकुण्डकाे चिसाे जलभित्र विश्राम गरेर भगवान शिवले विषकाे दाहलाई शान्त पारे। त्यही गाेसाईकुण्ड अहिलकाे त्रिशुली नदीकाे मुहान हाे । विष निस्कंदैमा देवता र राक्षसहरु हरेश खाएनन्। लगातारकाे समुन्द्र मन्थनकाे प्रयाशले निस्किएकाे अमृतकाे घडा राक्षसहरुकाे हात लाग्ला भनेर देवताहरुकाे ईसारामा इन्द्रपुत्र जयन्तले अाकास मार्ग हुँदै लमजुङकाे हिमचुली र बाैध्द हिमालकाे नजिक पुगेर अमृत घडा बिसाए । यहीबेला राक्षसहरुका गुरु शुक्राचार्यले देवताहरुले जालसाजी गरेका महसुस गरी राक्षसहरुलाई जयन्तबाट अमृत खाेस्न अादेश गरे । राक्षसहरु पनि अाकास मार्ग हुँदै हिमचुली र बाैध्द हिमालकाे काखमा पुगे । राक्षसहरुले अमृत घडा लैजालान भनेर हतारमा अमृतघडा उठाएर दाैडँदा थाेरै अमृत पाेखिएकाेले त्यहाँ दूधपाेखरी नै बन्याे । राक्षसहरुले अमृतघडा लैजालान भनेर जयन्त अाकाश मार्ग हुँदै मनास्लु हिमालकाे काखमा पुगेर अमृताकाे घडा बिसाए । त्यहाँ पनि राक्षसहरु अाईपुगे । पुन: हतारमा जयन्तले अमृतघडा उठाएर दाैडँदा छचल्किएकाे अमृत पाेखिंएर त्यहाँ पनि अमृतरुपि दूधपाेखरी नै बन्याे । ईन्द्रपुत्र जयन्त अमृतघडा बाेकेर पुनः अन्नापूर्णा हिमालकाे बेस क्याम्प धुर्चुकाे लेख पुगे । जयन्त र राक्षसहरु बीच अमृतकाे घडा खाेसाखाेस भयाे। अन्नपूर्ण हिमालकाे हिमश्रृङ्खलामा अवस्थित माछापुच्छ्रे हिमालकाे हिमदहमा पाैडी रहेकाे असला माछाकाे पुच्छरले अमृत घडालाई धक्का दिंदा अमृत घडा बेसरी छचल्कियाे । त्यही धक्काले अमृतघडाकाे एक तिहाई अमृत पाेखिन जाँदा अमृतकाे धारा नै बहँदा दुग्धमा नामकाे सेती नदी नै बन्न गयाे भने अमृतका केही बुँदहरुले धूर्चुमा पनि ठूलाे दूधपाेखरी बन्न गयाे । अमृत घडा अा-अाफ्ना हात पार्नकै लागि देवता र राक्षसहरुकाे बीचमा अन्नापूर्णा पर्वत शिखरमा १२/१२ दिनसम्म घमसान युध्द भयाे। युध्द थामिने छाँटै अाएन । एक अापासमा अमृत घडा खाेसाखाेस हुँदा स्वर्ग र पृथ्वीका बाह्र ठाउँमा अमृतका बुँदहरु खस्ने पुगे । जहाँ जहाँ अमृत खसे त्यही स्थानमा कुम्भ मेलाहरुकाे अायाेजना हुन पुगे ।

    ४, कुम्भमेला कहाँ कहाँ लाग्छ ?

    अमृतका बुँदहरु खसेका ८ स्थान मध्ये स्वर्गमा ८ स्थान र गङ्गाका मैदानी क्षेत्रका ४ स्थानहरुमा अमृतका एक एक बुँदहरु खसे । भारतकाे मैदानी खण्ड प्रयाग, हरिद्वार, उज्जैन र नासिक लगायतका चारस्थानमा अमृतका बुँद खसेकाे हुनाले धेरै पहिला देखि कुम्भ मेला लाग्ने गरेकाे तर धर्तीकाे स्वर्ग मानिने नेपालका ८ स्थानहरु अावत जावतका कठिनताले कुम्भ मेलाहरुले निरन्तरता पाउन सकेनन् । ईन्द्रपुत्र जयन्तले अाकाश मार्गबाट अमृतघडा बाेकेर दाैडाउँदा बनेकाे तर रुपि नाैनीकाे पिण्ड नेपालकाे वराह क्षेत्रमा खसेकाे हुनाले प्राचीन हरिद्वारकाे रुपमा चिनिने नेपालकाे सुनसरीकाे चतराधाम स्थित वराहक्षेत्र परम्परा देखि कुम्भमेला लागेर लाेपकाे संघारमा पुग्न लागेकाे भएता पनि वि.सं. २०५९ साल देखि पुनः ब्यवस्थित रुपमा १२ वर्षे कुम्भ मेला लाग्दै अाएकाे छ । चतराधाममा १२ वर्षे कुम्भमेलाकाे अायाेजना जगतगुरु बालसन्त माेहनशरण देवाचार्यले विद्वानहरु संग शास्त्रार्थ गरेर सुरुअात गराएका हुन् ।

    ५, देवघाटकाे सामन्य परिचय

    वि.सं २०३२ साल सम्म तनहुँ जिल्लाकाे अभिन्न अङ्ग रहेकाे गैंडाकाेट गाउँ पञ्चायत नवलपरासी जिल्लामा गाभिन गए पछि देवघाट तनहुँ , चितवन र नवलपुर समेत तीन जिल्लाकाे सङ्गम स्थल बन्न पुगेकाे हाे देवघाट । देवघाटकाे सबैभन्दा पुरानाे स्थल वागेश्वरी मन्दिर हाे । भारतका चारधाम हरिद्वार, प्रयाग, उज्जैन र नाशिक भन्दा पनि अति पवित्र एवं पावनभूमि मानिने देवघाट मानिसहरुकाे मात्र नभएर देवताहरुकाे पनि पूण्यभूमि मानिन्छ। देवताहरुकाे कुम्भमेला लाग्ने स्थल अाज मानिसहरुकाे कुम्भ मेलाकाे अायाेजना हुन नसक्नु साताैं अाश्चर्य मान्नु पर्दछ । देवघाटका वशिष्ठ गुफा, सीता गुफा, मणि मुकुन्दसेन चक्रेश्वर महादेव मन्दिर, वद्रीनाथ मन्दिर , केदारनाथ मन्दिर, महेश सन्यास अाश्रम, हरिहर सन्यास अाश्रम , गलेश्वर सन्यास अाश्रम, अघाेर बाबा अाश्रम , सीताराम मन्दिर, पशुपतिनाथ मन्दिर, गैंडाकाेटकाे माैलाकाली मन्दिर , घण्टाचुली दरवार ,अादि शङ्कराचार्य मन्दिर, गणेश मन्दिर, बाैध्द गुम्बा लगायतका मठमन्दिरहरु यहाँका शाेभाहरु हुन भने वि.सं.१५७५_ १६१० सम्मका पाल्पाली राजा मणिमुकुन्द सेन, डा स्वामि अात्मानन्द गिरी, डा. स्वामी रामानन्द गिरी, डा.स्वामी रमणानन्द गिरी, डा .गुरुप्रसाद सुवेदी लगायतका यहाँका मठाधीशहरु यहाँका शाेभायमान रत्नहरु हुन्।मरणाेपरान्त अात्मा रूपि शरिरलाई स्वर्ग सरहकाे लाेककाे निवास प्राप्त हुन सकाेस भनेर देवघाट पुग्न नसक्ने हरेक नेपाली तीर्थयात्रीहरु अा-अाफ्नाे पायक पर्ने नेपालका हरेक नदीका संगमस्थल मानिने वेनी तथा त्रिवेनीहरुमा माघे सक्रान्तिका दिन माघी मेलामा स्नान गर्न जाने गर्दछन् । तनहुँका भिमाद, दमाैली , तार्कुघाट, चेपेघाट, रामघाट, सराङघाट, घुमाउनेघाट, गाईघाट, घुमाैरीघाट गडगडीघाट, पुट्टारघाट , केलादीघाट र देवघाटमा ठूलाे मेलाहरु लाग्ने गर्दछ । अझ विशेष गरेर देवघाटमा देवताहरुकाे पनि हाटमेला लाग्ने भएकाले देवहाट तथा देवाट पनि भन्ने गर्दछन्। त्यही देवहाट, देवाट हुँदै अहिले याे स्थानकाे नाम देवघाट हुन पुगेकाे हाे । देवघाटकाे पूर्व तर्फबाट बगेर अाउने त्रिशुली लाई सेती र त्रिशुली मिसिए पछि भागिरथी नदीकाे नामले पुकारिने गरिन्छ । त्यही त्रिशुलीनदी काली गण्डकी मिसए पछि नै नारायणाी तथा शप्तगण्डकी नामले चिन्ने गरिन्छ । भगवान विष्णुरुपि नदी कृष्णा गण्डकी र भगवान शिवकाे शिवाँशरुपि त्रिशुली नदीकाे मिलन विन्दु पनि यही देवघाट हाे । यसैले मानिस , देवता र राक्षस लगायत सबैकाे कुम्भ मेला लाग्ने स्थान केवल देवघाट मात्र हाे भनेर किटान गर्न सकिन्छ। बाह्रमगरात भित्रकाे पवित्र स्थल देवघाटमा माघे सक्रान्तिका दिन तरुल, सक्खर, पिंडालु , भ्याकुर , तिलाैरा, मस्याैरा लगायतका विशेष विशेष प्रकारका कन्दमूलहरु खाएर यस पर्वलाई धुमधामका साथ मनाउने गरिन्छ।६, देवघाटमा कुम्भमेला लाग्न सक्ने केही अाधार ? तनहुँमा मादी नदीले बनाएकाे उपत्यका छ । त्यसैगरी चितवनकाे दक्षिणमा अवस्थित चुरे र चारकाेशीझाडी अर्थात राष्ट्रिय निकुञ्जकाे अाडैमा रहेकाे रिउखाेलाकाे उपत्याका माडी छ । ड र द समान अर्थवाेधक अक्षर भएकाेले कहिले कुन र कहिले कुन अक्षर उच्चारण हुन पुग्दछ । यही बीचकाे चितवन जिल्लालाई अहिले पनि मधेश भनेर पुकारिन्छ । मधेश मध्यदेशकाे अपभ्रंश हाे । यही मध्यदेश अर्थात चितवन र तनहुँकाे बीचकाे धुमाउनेघाटकाे पर्वतलाई सुमेरु पर्वत मानिन्छ । त्यही सुमेरु समुन्द्र मन्थनकाे प्रकृयामा मदनीकाे भूमिकामा रहेकाे थियाे । नागकाे नेती र सुमेरु पर्वतकाे मदनीकाे सहायताले समुन्द्र मन्थन पछि निस्किएकाे अमृत देवता र राक्षसहरु बीच खाेसाखाेस हुँदा भगवान विष्णु माेहिनी रुप धारण गरी युध्दस्थल भएकाेअन्नपूर्णा महनाङ (मनाङ) धुर्चुमा पुगे । दुबै पक्षलाई अाफैले बराबर अमृत बाडिदिने सर्तमा विष्णुले अमृतकाे घडा अाफ्नाे हात पारे । तत्कालै भगवान विष्णुले देवताहरुलाई अमृत र राक्षसहरुलाई सुरा बांडी दिए । धुर्चुकाे लेककाे ठूलाेदूधपाेखरी बाट बहने अमृतयुक्त खाेला , मेमेपाेेखरी र वाराहीपाेखरी नजिककाे दूधपाेखरीबाट बहने दाेर्दी खाेला , हिमालचुली रलबाैध्द हिमालकाे काखकाे दूध पाेखरीबाट बहने चेपे समेत तीन तीनवटा अमृतधारालाई अाफुमा समाहित गर्दै त्रिशुलीमा विलय हुने मर्स्याङदी नदी माछापुच्छ्रे हिमाल, पाेखरा र दमाैली हुँदै अाउने दुग्धभा नाम गरेकी सेती नदीले मादीलाई दमाैलीमा समाहित गर्दै गाईघाट नजिककाे घुमाउनेघाटकाे पञ्चकन्या मन्दिरमा अवस्थित सुमेरु पर्वत नजिकमा अाएर एक अापसमा मिल्दछन्। अमृतका धारा भएर बहेका सेती र त्रिशुलीकाे संयुक्त जलाधारलाई भागिरथी अर्थात अमृतमयी नदी भनिन्छ। दामाेदर कुण्डबाट बहेकी कालीगण्डकी र दामाेदर हिमालबाट अमृतमय जलधारा बाेकेर बहेकी मर्स्याङदी त्रिशुलीका साथ देवघाटमा मिलन हुन पुगेकाले देवघाटलाई धरतीकै मूल तीर्थस्थल मानिन्छ।यसैगरी पारकाेट राज्यकाे दमाैलीमा अमृतकाे बुँदमात्र नभएर अमृतरुपी दुग्धभा नाम गरेकाे श्वेत गंगा र यमुना रुपि मादी गँगाकाे बेनीमा वेदशास्त्रका प्रवर्तक महर्षि वेदव्यासकाे जन्म भएकाे र ऋषि विभाण्डक पुत्र महर्षि श्रीङ्गीकाे व्यासत्वमा उहाँकै तपाेभूमि ऋषिङकाे साराङघाटमा भएकाे पुत्रकामेष्टि यज्ञका प्रभावले त्रेतायुगका नरेश दशरथका राम सहित चार/ चार पुत्रकाे जन्म भएकाेले पनि याे क्षेत्रअति पवित्र तीर्थस्थल मानिन्छत्रेता युगका अयाेध्या नरेश दशरथकाे राज्य चितवनकाे अयाेध्यापुरी नै हाे भन्ने मानियाे भने पनि अयाेध्या नरेश दशरथपुत्र रामकाे रामराज्य अन्तरगत देवघाट पक्कै पर्दछ। देवघाटमा सीता गुफा र वशिष्ठगुफा भेटिनुले परापूर्व कालदेखि देवघाट सनातनीहरुकाे तीर्स्थल थियाे भन्ने पुष्टिकरण गरेकाे मान्न सक्दछाैं । पाल्पाका राजा मुकुन्दसेनले पाल्पाकाे राज्यत्यागे पछि धर्मात्मा बनी १२ वर्षसम्म सन्त महन्त बनेर देवघाटमा नै बसेका थिए । यही बेलामा राजा मुकुन्द सेनले देवघाटमा पटकपटक १२ वर्षे कुम्भमेला लगाएका थिए । कुम्घमेला लगाएका राजा मुकुन्द सेनले अन्ततः यही देवघाटमा जलसमाधी लिए। याे मेलालाई यहाँका अरु राजाहरुले निरन्तरता दिए । एकपटक पृथ्वी नारायण शाहकाे भित्रनी रानी काशीबासकाे लागि जाँदा देवघाटकाे माघी मेलामा स्नान गरेर जाने ध्येयले देवघाट पुगिन । देवघाटमै रहेका राजा त्रिविक्रम सेनले गाेरखाकी भित्रिनी रानी बसेकाे डाेलीकाे घुम्टाे उठाई रानीकाे अनुहार हेरेकाे घटनाले तनहुँ र गाेरखाकाे सम्वन्ध बिगरिन गई त्रिविक्रम सेनले नुवाकाेटमा बन्दी जीवन बिताउन परेकाे इतिहास साक्षि छ । यसैले पनि देवघाटमा यस पूर्व पनि मेलाहरु अायाेजना हुने गर्दथे भन्न सहयाेग पुराउँछ । सन १७५६ काे अासपास देवघाट पुगेका पादरी ट्रयाङकुलाे ले देवघाटमा १ महिना भन्दा बढी समय मेला लाग्ने कुरा अाफ्नै दैनिकीमा उल्लेख गरेकाे र बृटिस सरकारलाई जानकारी गराएकाे इतिहास प्राप्त भएकाे छ। यि त भए झिना-मसिना टिपटाप अर्काे लेखमा शास्त्रिय मत समेटने प्रयास हुने नै छ।

    ७, अन्त्यमा

    वराह क्षेत्रकाे चतराधाममा जगतगुरु बालसन्त माेहनशरण देवाचार्यले नेपालमा सुरुअात गराएकाे कुम्भ मेलाले नेपाली नेपाली बीच एकता कायम गराउने र तीर्थव्रत र धर्मका नाउँमा विदेशिने रकम राेकथाम गर्न मद्त पुराएकाे विश्वाश गरिएकाे छ। यसै गरी अब चितवन देवघाटमा पनि कुम्भ मेलाकाे अायाेजना गर्न सकियाे भने यहाँ लाग्ने कुम्भ मेलाले हाम्राे देशमा हराउँदै गएकाे धर्म संस्कार संस्कृतिकाे जगेर्ना गर्न र देशलाई पुन : सनातनी राष्ट्रले शुशाेभित गराउनका लागि स्वदेश तथा विदेशबाट अाउनुहुने जगतगुरु शंकराचार्य र धर्माचार्याहरुबाट यहाँ गरिने धर्मशभा , शास्त्रार्थ , काेटीहाेम, वेदपाठ , पुराणवाचन र प्रवचनहरुले पुनरुत्थान हुने विश्वास रहेकाे छ ।