तिवारी आमा बन्दीपुर तीज सप्ताहन्न उत्सवमा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    तिवारी आमा बन्दीपुर तीज सप्ताहन्न उत्सवमा सम्मानित

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८१, बिहीबार

    दमौली । परम्परागत भाका र शैलीमा तीजगीतमार्फत् समसामयिक विषयवस्तुको उठान गर्दै आएकी लक्ष्मी तिवारी (तिवारी आमा) तनहुँको बन्दीपुरमा सम्मानित भएकी छन् ।

    बन्दीपुरमा जारी तीज सप्ताहन्न उत्सवमा ६४ वर्षीया आमालाई सम्मान गरिएको हो ।

    १४ वर्षको उमेरदेखि नै नेपाली लोकसङ्गीतको विकासमा निरन्तर लागि परेर ‘तिवारी आमा’ भनेर राष्ट्रिय कलाकारको रुपमा परिचित उनलाई नेपाली संस्कृतिको जगेर्नामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको सप्ताहन्न उत्सवका सांस्कृतिक संयोजक डा. तुलसीराम खनालले जानकारी दिए ।

    उनलाई सांसद शंकर भण्डारी, बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।