विदेशी साथी उद्धार गर्न खोज्दा पुरिएर सेनाका कर्णेलको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विदेशी साथी उद्धार गर्न खोज्दा पुरिएर सेनाका कर्णेलको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    काठमाडौ । सिन्धुपाल्चोक घुम्न गएका नेपाली सेनाका कर्णेलको मिलन केसीको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगलनजिकैको सिन्धु बिच रिसोर्ट माथिबाट आएको पहिरोमा पुरिएर शनिबार मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसीसँगै घुम्न गएका कोरियन नागरिक बचाउन खोज्दा उनी पुरिएका थिए ।

    दोलखा भिमेश्वर नगरपालिका घर भएका ३६ वर्षीय केसीको पहिरोबाट निकालेपछि केही बेरमा मृत्यु भएको हो । कोरियन नागरिक पनि सोही पहिरोमा पुरिएको भनिए पनि यकिन अवस्था थाहा भएको छैन ।

    सुरुमा माथिबाट सानो पहिरो झरेपछि कर्णेल केसी सुरक्षित स्थानमा गएका थिए । तर कोरियन नागरिक सुतिरहेकाले बोलाउन गएका बेला केसीसहित कोरियन पुरिएका थिए । पुरिएको स्थानबाट उद्धार गर्दा उनी आफैं हिँड्ने भन्दै बोक्न पनि मानेका थिएनन् । आफैं हिंडेका केसीको शरीरमा चोटपटक थियो । केही बेरमा गाह्रो भयो भन्दै ढलेको उद्धारमा खटिएका स्थानीयले बताए ।  (इकान्तिपुरबाट)