काठमाडौ । पुरुष फुटबलरहरुको प्रतिष्ठित ‘बालोन डी’ ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् । फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् । भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।
रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले म्यानचेस्टर सिटीसँग लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।