गण्डकी प्रदेश हक्की सङ्घमा नयाँ नेतृत्व, उपाध्यक्षमा तनहुँका शाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेश हक्की सङ्घमा नयाँ नेतृत्व, उपाध्यक्षमा तनहुँका शाही

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०८१, शुक्रबार

    दमौली । गण्डकी प्रदेश हक्की सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । सङ्घको शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट दीपकबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    प्रदेश उपाध्यक्षमा तनहुँका सफल व्यवसायी एवं पूर्व राष्ट्रिय खेलाडी बलबहादुर शाही चयन भएका छन् ।

    त्यस्तै सचिवमा अजय क्षेत्री, सहसचिवमा दिव्इा पोख्रेल, कोषाध्यक्षमा यमन रसाइली, सदस्यहरुमा राजु थापा, रविकान्त आचार्य, अशोक गुरुङ, दुधप्रसाद गुरुङ चयन भएका छन् ।

    कार्यक्रममा हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका कार्यकारी सदस्य केशव पाठकको सहभागिता थियो ।