भानु-१३ माझगाउँमा दरगाह जामे मस्जिदद्वारा इफ्तारी कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु-१३ माझगाउँमा दरगाह जामे मस्जिदद्वारा इफ्तारी कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८१, सोमबार

    दमौली । दरगाह जामे मस्जिद, माझगाउँद्वारा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पहिलो ब्रत (सलामी रोजा) को अवसरमा भव्य इफ्तारी कार्यक्रम सम्पन्न गरिएको छ ।

    उक्त कार्यक्रममा करिब तीन जना सर्वसाधारण उपस्थित भएका थिए। इफ्तारी कार्यक्रममा उपस्थित भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष कृष्ण बहादुर अधिकारीले रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यस पवित्र महिनाले समाजमा शान्ति, सद्भाव र भाइचाराको भावना फैलाउने विश्वास व्यक्त गरे ।

    समुदायबीच आपसी मेलमिलाप र धार्मिक सद्भाव अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको स्थानिय शिक्षक तईप मियाले जानकारी दिए ।