आँबुखैरेनीमा दश लाख वर्ष पुरानो रुख भेटिएको दाबी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा दश लाख वर्ष पुरानो रुख भेटिएको दाबी

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८१, बिहीबार

    दमाैली, ७ चैत । तनहुँकाे आँबुखैरेनी गाउँपालिका– १ सत्रसयफाँट स्थित गैरीगाउँमा दश लाख पुरानो रुख भेटिएको दाबी गरिएको छ । उक्त स्थानको समुन्द्रे भन्ने स्थानमा समुन्द्र फल भन्ने औषधीजन्य वृक्ष भेटिएकाले प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत डिभिजन वन कार्यालय तनहुँमा पठाइएको हो ।

    राम अवतार भन्दा पहिलाको दश लाख वर्ष पुरानो रुख भेटिएकाले सो रुखलाई राष्ट्रियस्तरमा प्रमाणितकरणका लागि स्थानीयवासीबाट सर्जमिनसहित निवेदन आएकाले प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरी पठाइएको वडाध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।