काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।
सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले कांग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिवद्ध रहेको बताए ।
‘एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो,’ थापाले भने, ‘हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।’
साथै, उनले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटकपटक एमालेले सहकार्यको प्रस्ताव गरेको बताएका छन् ।