भानुभक्त क्याम्पस स्ववियुले बुझायो क्याम्पस प्रमुखलाई दश बुँदे माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    भानुभक्त क्याम्पस स्ववियुले बुझायो क्याम्पस प्रमुखलाई दश बुँदे माग

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८१, बिहीबार

    दमौली, १४ चैत । शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्ववियुले दश बुँदे माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

    स्ववियुको बुधबार बसेको बैठकले निर्णय गरे बमोजिम क्साम्पस प्रमुखलाई दश बुँदे माग बुझाइएको स्ववियु सचिव विनिता भण्डारीले जानकारी दिइन् ।

    उनका अनुसार छात्रवृत्ति सम्बन्धमा, यातायात व्यवस्थापन, पुस्तकालय, सचिवालय व्यवस्थापन, सुरक्षा गार्ड, अनिवार्य पोशाक, खाता सम्बन्धमा, बगैंचा निर्माण, परीक्षा केन्द्र र शुद्धा खानेपानी सम्बन्धी माग बुझाइएको छ ।