जिल्ला नेतृत्वलाई वडा र पालिकाको अधिवेशन मिति तय गर्न तरुण दलको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जिल्ला नेतृत्वलाई वडा र पालिकाको अधिवेशन मिति तय गर्न तरुण दलको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८१, बुधबार

    काठमाडौ, २० चैत । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला नेतृत्वलाई वडा र पालिका तहको अधिवेशनको मिति तय गर्न निर्देशन दिएको छ । 

    अध्यक्ष विद्धान गुरुङले बुधबार परिपत्र गरेर जिल्ला नेतृत्वलाई वडा र पालिका तहको अधिवेशन मिति तय गर्न निर्देशन दिएका हुन् । 

    गुरुङको पाँच बुँदे परिपत्रको पहिलो बुँदामा भनिएको छ, ‘जिल्लाका अध्यक्षहरूलाई वडा र पालिका तहको अधिवेशनको केन्द्रलाई जानकारी गराइ मिति तय गरेर सो तहको अधिवेशन गर्ने जिम्मेवारी ।’

    परिपत्रमा केन्द्रबाट स्वीकृत गर्न तोकिएको शुल्कसहित जिल्लाको पूर्णकालीन फारम केन्द्रमा बुझाउन र मातृ पार्टी कांग्रेसको जिल्ला कार्यसमितिसँग अधिवेशनका लागि समन्वय गर्न पनि भनिएको छ ।

    अध्यक्ष गुरुङले वडा र पालिका अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशन प्रतिनिधिको नाम अनुमोदनका लागि केन्द्रमा पठाउन पनि निर्देशन दिएका छन् । 

    उनले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका जिल्लाहरूले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति प्रस्ताव गरेर पार्टी केन्द्रीय कार्यालयबाट अनुमति लिन पनि भनेका छन् ।

    उनले मातृ पार्टी कांग्रेसका जिल्ला सभापतिहरूलाई संगठनको अधिवेशन सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।