जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८२, बुधबार

    एजेन्सी। भारतको जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त हमलामा १७  जना घाइते भएका छन् । 

    भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध गराइएको छैन । 

    मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको बताइएको छ ।